समाचार

बागमतीमा माओबादी केन्द्रको पहिलो उमेदवार सर्वसम्मत

ललितपुर,आसन्न स्थानिय निर्वाचन नजिकिदै गर्दा दलहरुले आफ्नो साझा उमेदवार टुङो लगाउने अन्तिम तयारी गर्दैछन।दक्षिण ललितपुरमा रहेको बागमती गाउपालिकामा भने गठबन्धन गरेर जाने या नजाने भन्ने बिषयको टुङो अझै लाग्न सक्या छैन।

माओबादी केन्द्रले बागमती -५ इकुडोल बाट भने नवराज तिमल्सिना लाई वडा अध्यक्ष पदको लागि सर्वसम्मत गरेका छन।माओबादी केन्द्रका अनुसार अहिले एकल उमेदवारमा सर्वसम्मत गरेको हो,पछि गठबन्धन भएको खण्डमा पनि तिमल्सिना साझा उमेदवार हुन सक्ने प्रवल सम्भावना रहेको बताउछन् ।

उता तिमल्सिना भने इकुडोलमा माओबादिको बिकल्प खोज्न नसकिने बताउछन्।माओबादिलाइ नेतृत्व दिएको खण्डमा कांग्रेस लाई समेत फाइदा हुने आसय ब्यक्त गर्दै बरु सिंगलनै भएपनी मैदानमा उतृएर चुनाव जितेर देखाउने तर अध्यक्ष पद कुनै हालतमा नछाड्ने बताउछन।

शिक्षा स्वास्थ खानेपानी यातायात लगाएत जनसमुदाय अनुसारको आधारभुत आवश्यकता के छ त्यसको पहिचान गरि जनताको भावना अनुसार अगाडि बड्ने लक्ष्य सहित उम्मेद्बारी दिएको तिमल्सिना बताउछन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button