राजनीति

नेपाली कांग्रेस बागमती गाउपालिका अध्यक्षमा दोहोरिए लोप्चन

नवराज कार्की,ललितपुर आसन्न्न स्थानीय निर्वाचनमा मतदान गर्ने समय करिब १९ दिन बाकी छ।प्रतिनिधि मनोनयन गर्ने समय घण्टामा गनिदै छ।यहि क्रममा नेपाली कांग्रेसले बागमती गाउँपालिकाको लागि पालिका प्रमुखमा वीर बाहादुर लोप्चन सर्वसम्मत गराएका हुन।

कांग्रेस बागमतिमा प्रमुख दावेदार रहेका रबिन्स शर्मा र बिष्णु प्रसाद तिमल्सिना बिच सहमती जुट्न नसकेपछी नेपाली कांग्रेस पालिका सभापती तथा पालिका अध्यक्ष वीर बाहादुर लोप्चन लाई अगाडि सारेर सहमती गराइएको एक कार्यकर्ता बताउछन्।

०७४ को स्थानीय निर्वाचन बाट अत्याधिक मत सहित बागमती गाउँपालिका बिजयी लोप्चन अर्को एक कार्यकालको लागि पनि सर्वसम्मत भएका हुन।भौगोलिक हिसाबले पनि पालिका भित्रको सम्पुर्ण रहन शहन बातावरण लाई नजिक बाट बुझेका लोप्चन सरल स्वभाव,सहयोगी , बिकास प्रेमी नेताको रुपमा कार्यकर्ता हरुले लिने गरेका छन।

स्थानिय जनताको माग अनुसार र सहज रुपमा चुनाब जित्न सक्ने ब्यक्तिको रुपमा लोप्चन लाई आगाडि सार्दा न्यायसंवत् रहेको स्थानीय कार्यकर्ता बताउछन।ललितपुरमा माओबादी केन्द्र र नेपाली कांग्रेस संग मात्र गठबन्धन गर्ने भएको छ।नेपाल एस भने गठबन्धन बाहिर रहने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button