समाचार

ललितपुर कांग्रेसले बागी तथा स्वतन्त्र उम्मेदवारी तत्काल फिर्ता गर्न निर्देशन

नवराज कार्की ,ललितपुर –आसन्न स्थानिय निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा नेपाली कांग्रेस बाट बागी तथा स्वतन्त्र उम्मेदवार दिएका हरुले तत्काल आफ्नो उम्मेदवारी फिर्ता गर्न जिल्लाले निर्देशन जारी गरेको छ।

जिल्ला पार्टी कार्यलय नखिपोट्मा आज सम्पन्न भएको एक अन्तक्रिर्या कार्यक्रममा जिल्ला सचिब बशिष्ट अधिकारीले एक प्रेस बिज्ञप्ती जारी गर्दै बागी वा स्वतन्त्र उम्मेदवारी दिएका हरुले तत्काल उम्मेदवारी फिर्ता गर्न निर्देश दिनु भएको हो।

बागमती प्रेदेश संयन्त्रको दुई दलिय निर्णय पश्चात् ललितपुर जिल्ला संयन्त्रको प्रारम्भिक छलफल र सहमति भन्दा फरक स्थिति उत्पन्न भएकोले वडाहरुको बाँडफाँडमा केही समस्य उत्पन्न भएको र उम्मेदवारी मनोनयनको अन्तिम दिन गठबन्धनको सम्पुर्ण ब्यबस्थापन गर्न नसकिने भएकोले बागमती प्रदेस संयन्त्रको निर्णय अनुसार नेपाली कांग्रेस ललितपुरले प्रमुख उप प्रमुख सहित अधिकांस वडाहरुमा मनोनयन दर्ता गराएको हो यसै बिच उम्मेदवारी मनोनयन दर्ता भैसकेको अवस्थामा बागमती प्रदेस संयन्त्रको निर्णय भन्दा फरक हुने गरि पालिका हरुमा नेकपा एस र जनता समाजबादी पार्टिबाट नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र को जिल्ला नेतृत्व संग समन्वय नगरी पालिका प्रमुख तथा उप प्रमुख पद हरुमा मनोनयन दर्ता गरेका कारण स्थित अन्योल तर्फ गएको जानकारी गराउनु भयो।

कार्यक्रममा जिल्ला सभापती जितेन्द्र कुमार श्रेष्ठ,जिल्ला सचिब राजन प्रसाद घिमिरे,प्रचार प्रसार शाखा संयोजक जितेन्द्र कुमार महर्जन लगाएत प्रेस युनियन जिल्ला उपाध्यक्ष केदार नाथ दहाल सचिब माधब प्रसाद घिमिरे लगाएत युनियनमा आबद्द पत्रकार हरुको उपस्तिथि रहेको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button