समाचार

ललितपुरमा दीगो पर्यटन नीति बनाउँछुः अजरमान जोशी

ललितपुर –आसन्न स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका उपमेयर पद स्वतन्त्र तर्फका उम्मेदवार अजरमान जोशीले ललितपुरमा दीगो पर्यटन नीति हालसम्म नबनेकोमा दीगो पर्यटन नीतिको योजना अघि सार्नुभएको छ ।
पाटन जस्तो अथाह पर्यटनको सम्भावना भएको स्थानमा हालसम्म पनि पर्यटन नीति नबन्नु महानगरको कम्जोरी भएको औल्याउँदै जोशीले पर्यटन नीतिलाई मुख्य एजेण्डाको रुपमा अगाडि बढाएको बताउनुभएको छ ।
पर्यटनलाई व्यवस्थित गर्न योजनालाई नीतिगत रुपम चुस्त बनाउन यो नीति आवश्यक रहेको जोशीको भनाइ रहेको छ ।
उहाँले भन्नुभयो, “विश्व सम्पदा क्षेत्रमा सुचिकृत पाटन दरबार क्षेत्र घुम्न विश्वभरका पर्यटक यहाँ आउने गर्छन । पर्यटन नीति हालसम्म नबनेका कारण ललितपुर भित्रको पर्यटनको विकासका लागि हुनुपर्ने धेरै कामहरु हुन सकेका छैनन् ।” सो निती छिट्टो भन्दा छिट्टो निर्माण गर्न सकेमा पाटन भित्रने पर्यटकका लागि विभिन्न प्याकेजका योजना अघि सार्न सकिने जोशीको भनाइ छ ।
पाटनमा पाँचौ देखि १८ आँै शताब्दीसम्मका बस्तुहरु रहेको जानकारी गराउँदै उहाँले सोको बढि भन्दा बढि मात्रामा व्यापक प्रचारप्रसार गरिनुपर्ने आँैल्याउनुभयो ।
यसैगरी जोशीले पाटनमा सम्पदा क्षेत्र प्रवेशबाट प्राप्त हुने शुल्कबाट जम्मा भएको रकमबाट २५ प्रतिशत भने ‘संस्कृति तथा सम्पदा विकास कोष’ मार्फत जम्मा गरी उक्त कार्यमा खर्च गरिने जानकारी गराउनुभयो ।
महामारीको समयबाहेक नियमित पर्यटकबाट दशैँ करोड शुल्क उठ्ने र सो रकमको २५ प्रतिशतले संस्कृति र सम्पदाका लागि धेरै कार्य गर्न सकिने जोशीको बुझाइ थियो ।
“आसन्न स्थानीय तहको निर्वाचनमा आफू विजयी भएको पहिला महिना भित्रै यहाँका सबै वडामा पाँच वर्षे कार्यनीतिक योजना तयार गरी सोही बमोजिम योजना तर्जुमा गरी वार्षिक कार्यक्रम समेत तय गर्नेछु”, उहाँले थप्नुभयो ।
त्यसैगरी पाटन दरबार क्षेत्रभित्र मापदण्ड भित्ररहि संरक्षण गरेका तथा पुननिर्माण गरिएका घरहरुलाई महानगरले लगाउने करमा छुटको व्यवस्था समेत गरिदिने जोशीले उद्घोष गर्नुभएको छ ।
उपमेयरको जिम्मेवारी विशेष गरी न्यायिक तथा अनुगमन कार्यमा रहने अवगत गराउँदै उहाँले उक्त जिम्मेवारी आफूले बहन गर्न सक्षम रहेकाले स्वतन्त्र उम्मेदवारी दाबी गरी वियज हासिल गर्न चाहेको सुनाउनुभयो ।
विगत दुई दशक अघिदेखि सामाजिक कार्यमा संलग्न हुँदै आइरहनु भएका जोशी ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रहीसक्नुभएको छ । यसैगरी ललितपुरमा श्री शान् ित्त विद्याश्रमका व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी जोशीले बहन समेत गरिसक्नु भएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पले पाटनमा जीर्ण बनाएका केही सम्पदा पुननिर्माणमा समेत ललितपुर महानगरपालिका वडा नं १२ निवासी जोशीको विशेष योगदान रहेको पाइन्छ ।
जोशी वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको विशेष समन्वयकर्ताको रुपमा समेत हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button