समाचार

बागमतीमा गठबन्धनको घरदैलो,केन्द्रीय नेता देखि कार्यकर्ताको जमघट

नवराज कार्की,ललितपुर –आसन्न्न स्थानीय निर्वाचनको लागि बागमती गाउपालिका ललितपुरमा गठबन्धन सहितको टोलि चुनावी प्रचारमा उत्रिएका छन।

०७४ को स्थानीय निर्वाचनमा पालिका प्रमुख,उप प्रमुख सहित ४ओटा वडा जित्न सफल नेपाली कांग्रेस अहिले माओबादी केन्द्र संग गठबन्धन गरेर सबै वडा र पालिका हात पार्ने दाउमा रहेका छन।

नेपाली कांग्रेस बाट पालिका अध्यक्ष वीर बाहादुर लोप्चन र उपाध्यक्ष भक्त बाहादुर दर्लामी ( माओबादी केन्द्र) तथा इकुडोल वडा अध्यक्ष नवराज तिमल्सिना ( माओबादी केन्द्र) बाकी कांग्रेस वडा अध्यक्ष र सदस्यमा माओबादी केन्द्र रहेर पुर्ण भएको गठबन्धनको जित सुनिश्चित रहेको छ।

हाल सम्म गाउपालिकाको गिम्दी,आश्राङ,प्युटारमा घर दैलो कार्यक्रम सम्पन्न भएको छ।त्यहा उर्लिएको माहोललाइ हेर्ने हो भने हामी बिपक्षी पार्टीलाई दोब्बर मतान्तरले पछि पार्न सक्ने दिपक घिमिरे समीर बताउछन।घिमिरे भन्छन यो पाँच बर्षमा नेपाली कांग्रेसले स्थानिय जनताहरुको मन कति जित्न सफल भएका रहेछौ भन्ने कुरा यहि माहोलले स्पस्ट पार्छ,यो पटक पनि बागमतीमा गठबन्धनकै जित सुनिश्चित रहेको बताउछन्।

घर दैलो कार्यक्रममा बोल्नु हुँदै पालिका प्रमुख लोप्चनले बागमतीमा हिजो पनि कांग्रेसले नै जितेको हो आज पनि जित्छ भोलि पनि जितिरहन्छ बिकास निर्माण ,सुसासन, पार्दर्शिता कांग्रेस बाहेक अरु पाटिमा नरहएको हुदा यो पटक पनि जनताले गठबन्धन लाइ नै जिताउने प्रस्ट पार्नु भयो।

त्यस्तै उपाध्यक्ष पदका उम्मेद्वार निसानले भने हिजो बिकास निर्माण देखि अन्य संयन्त्रमा जति कांग्रेसले गरेको थियो त्यो भन्दा अझ डबल गठबन्धन सहितको टिमले गर्ने छ, त्यस्को लागि हामी जस्तो सुकै सम्झौता गर्न पनि तयार रहेको बताउनु भयो।

कार्यक्रममा पुर्व अर्थ राज्यमन्त्री उदय सम्सेर राणा, माओबादी केन्द्रको केन्द्रीय सदसय हरि दाहाल ,तामाङ घेडुङ केन्द्रिय अध्यक्ष कबेल लामा लगायत कांग्रेस तथा माओबादिका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।
Photo :- Dipak Ghimire (Samir)

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button