समाचार

खयरघारी र धनडाँडालाई बागमतीको पानी लिफ्टिङ गरि सिचाइ गर्ने

ललितपुर ,आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागि बागमती गाउपालिका- ४ प्युटार बाट नेपाली कांग्रेसको उम्मेदवार टुङो लागिसकेको छ। वडा अध्यक्ष नेपाली कांग्रेस बाट रामकुमार थिङ सहित महिला सदस्य सुन माया घलान, दलित महिला सदस्य मिना बिक, वडा सदस्य राकेश तामाङ र रोम प्रसाद दाहाल रहेका छन।

०७४ को स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले अत्याधिक मत सहित बिजय हासिल गर्न सफल एस प्युटार लाई नेपाली कांग्रेसको पकेट क्षेत्रको रुपमा हेरिन्छ।कांग्रेस बाहेक अन्य दलको बिकल्प नरहेको एस क्षेत्रबाट भने राम कुमार चुनावी मैदानमा होमिएका छन।आगामी पाँच बर्षको लागि लामाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन।

लामाले सार्वजनिक गरेका प्रतिबद्धतामा दूध चिस्यान केन्द्रलाइ ब्यबस्थित आधुनिकीकरण,आफुले पाउने सेवा सुबिधा कटौती गरि छात्रवृत्तिको ब्यबस्था गर्ने,खयर घारी र धनडाडालाइ लिफ्टिङ प्रबिधी बाट बागमतिको पानीले सिंचाही गर्ने,प्राबिधिक शिक्षा लाई ब्यबस्थित गर्ने,थाङ्सिङ्टार अस्पताल लाई ब्यबस्थित गर्ने,सामुदायिक बन लाई संरक्षण गर्ने।

गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ सेवा, हरेक टोल बस्तिमा यातायातको पहुच, खोलिएको ट्र्याक लाई स्थर उन्नति,खानेपानीको श्रोत पहिचान गरि प्रतेक घर घरमा सुद्द पानीको ब्यबस्थापन गर्ने, कृषी योग्य जमिनको लागि सिंचाइ सुबिधा पुर्याउने,स्थानिय स्थरमा उपलब्ध श्रोत साधन लाई पुर्ण सदुपयोग गर्दै स्थानिय युवा हरुलाइ उत्पादन मुखी सिप तथा तालिम ब्यबस्था,

निर्वाहमुखी कृषी ब्यबसया लाई परिमार्जित गर्दै ब्यबसाय मुखी तर्फ किसान लाई अग्रसर गर्नको निमित्त बीउ मल आबयस्क तालिमको ब्यस्था गर्ने,कृषी तथा स्वरोजगर मुलक कार्य गर्नको निमित्त अनुदान रकम तथा सर्वसुलभ ब्याजदरमा ऋण उपलब्ध गराउने जस्ता ठुला योजनाको काम हरु गुरुयोजना बनाएर अगाडि बड्ने।

विभिन्न भाषा भाषी जात संस्कृतिको संरक्षण प्रवर्दनको निमित्त आबस्यक्ता अनुसार मठ मन्दिर गुम्बा चर्च हरुको उचित ब्यबस्थापन गर्ने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button