राजनीति

बागमतीमा गठबन्धनको जित सुनिश्चित

ललितपुर-निर्वाचनको समय नजिकिदै गर्दा दल हरु चुनावी प्रचारमा होमिएका छन।एतिबेला बागमती गाउपालिकामा नेपाली कांग्रेस र माओबादी केन्द्र गठबन्धन सहितको सरकार बनाउन चुनावी प्रचार तिब्र गरिरहेका छन भने उता नेकपा एमाले पनि आफ्नो नेतृत्व बिजयी गराउन चुनावी प्रचारलाइ तिब्रता दिइरहेको छ।

०७४ को स्थानिय निर्वाचन मा नेपाली कांग्रेसले पालिका प्रमुख र उपप्रमुख सहित चार वडा जित्न सफल भएका थिए ।यो पटक भने गठबन्धन सहित मैदानमा होमिएको हुदा गएको निर्वाचन भन्दा राम्रो स्थान हासिल गर्न सक्ने जानकारहरु बताउछन्।

०७४ को स्थानिय निर्वाचनको मतको आधारमा हेर्ने हो भने नेपाली कांग्रेस बाट वीर बाहादुर लोप्चन पालिका प्रमुख को लागि ३३८८ मत सहित बिजयी भएका थिए भने उनका प्रतिस्पर्धामा रहेका एमालेका दुर्गा घिमिरे २५५२ मत प्राप्त गरेका थिए।उता माओबादी केन्द्र बाट राजु आले मगरले १६४२ मत प्राप्त गरेका थिए। एसरी हेर्दा लोप्चन घिमिरे भन्दा ८३६ मत्तान्तरले अगाडि रहेका थिए अहिले गठबन्धन हुदा राजु आले मगर सहितको मत जोडिदा झन्डै २४७८ मतले गठबन्धनको जित सुनिश्चित हुने देखिन्छ।

उप प्रमुखको लागि नेपाली कांग्रेसकि रन्जना घिमिरेले ३४२६ मत सहित बिजयी भएका हुन,एमालेकि डोल कुमारी सिंतानले भन्दा १०८६ मतले अगाडि रहेकी घिमिरेको मतमा माओबादी केन्द्रकी कमला थापा मगरले प्राप्त गरेको १४५५ मत जोडिदा २५४१ मतले गठबन्धनको जित सुनिश्चित देखिन्छ।

घुसेल – नेकपा एमाले भन्दा २६५ मतले गठबन्धन अगाडि
माल्टा – नेकपा एमाले भन्दा ५५० मतले गठबन्धन अगाडि
भट्टेडाँडा – नेकपा एमाले भन्दा ४६४ मतले गठबन्धन अगाडि
प्युटार – नेकपा एमाले भन्दा ४१३ मतले गठबन्धन अगाडि
इकुडोल – नेकपा एमाले भन्दा ३५६ मतले गठबन्धन अगाडि
आश्राङ – नेकपा एमाले भन्दा १३१ मतले गठबन्धन अगाडि
गिम्दी – नेकपा एमाले भन्दा १७२ मतले गठबन्धन अगाडि

०७४ को स्थानीय निर्वाचनमा उम्मेदवार हरुले प्राप्त गरेको मतको आधारमा राखिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button