राजनीति

एउटा सिफारिस लिन पनि एमाले हुनुपर्ने ब्यबस्थाको अन्त्य हुनु पर्छ

ललितपुर –आसन्न स्थानीय निर्वाचनको लागि बागमती गाउपालिका -५ इकुडोल बाट नेपाली कांग्रेस र माओबादी केन्द्र बाट नवराज तिमल्सिना सहितको टिम चुनावी मैदानमा होमिएका छन।यहि सन्दर्भमा कलियुग न्युज डट कम ले उम्मेदवार तिमल्सिना संग गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरेका छौ।

इकुडोलमा तपाईको उम्मेदवारी किन?
विगतमा ने.क.पा एमालेको वर्चस्व रहेको एस वडामा विकासमा खासै परिवर्तन ल्याउन नसकेको र
जनप्रतिनिधि मात्रै फस्टाउने क्रियाकलाप विरुद्ध मेरो उम्मेदवारी हो । ५ वर्ष जनतालाई भ्रम सृजना गर्ने वाहेक एमालेले केही ठोस काम गरेको देखिदैन।
त्यसैले नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्रबीच केन्द्रीयस्तरबाटै गठबन्धन भए अनुरुप हामी एमालेको वर्चस्व ब्रेक गर्न लागिपरेका छौँ ।

तपाईका चुनावी एजेण्डाहरु के के हुन?
हामी “थोरै बोल्ने धेरै गर्ने ” धारणा अनुरुप अघि बढिरहेका छौं । हाम्रो छुट्टै नवीनतम् सोच अनुरुप बनेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। यसमा हामीले ५ वर्षभित्रमा गर्न सक्ने खालका मात्रै योजनाहरु राखेकाछौँ र यी योजनाहरु पूरा गर्न हामी भरपुर लागि पर्नेछौ । एजेण्डाहरु यसैमा उल्लेख गरिएको छ,यसमा हामीले प्रायः सबै पक्षहरुलाई समेट्ने प्रयास गरेका छौं ।

यस्ता एजेण्डाहरु विपक्षी पार्टीका पनि छन् ?
छन् तर विगतमा नेपाली काङ्ग्रेसका आदरणीय पुर्व जिल्ला सचिव तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि रविन्स शर्माको पहलमा टुङ्गुन करिडोर, कलवन खोला पक्की पुल र इकुडोल पुल बनेको थियो । तर यी प्रतिपक्षी एमालेहरुले उनीहरुकै नेतृत्वमा गरेको भनेर जनतामाझ भ्रम पैदा गरिरहेको छ। उनीहरुको प्रतिबद्धता पत्रमा उल्लेख भएका एउटा पनि योजना वडाका बजेटले गर्न सक्ने खालका छैनन् । यस्ता असम्भव योजनाहरु प्रतिबद्धता पत्रमा उल्लेख गरेर आफुहरुलाई उत्कृष्ट सम्झिरहेका छन् । पक्कै पनि हाम्रा आदरणीय जनहरुले मुल्यांकन गरिरहेका छन् ।

तपाईलाई नै जनताले किन भोट हाल्ने ?
म जहिले पनि मेरा आम जनताहरुको बारेमा सोच्ने मान्छे हु । उहाँहरुको हरेक समस्याहरुमा मलाई नै सम्झिनुहुन्छ, मेरा हर समय उहाँहरुकै काममा खर्चेको छ । म भोक तिर्खा नभनिकन रातको जतिबेला पनि म जनताहरुको सेवामा खडा भैरहेको हुन्छु । म एउटा गाडी चलाउने ड्राइभर,सबैले मलाई औंठा छापको लाञ्छना लगाएर बिल्ला उडाइरहेको छ, असम्भव भनेको केही छैन, विगतमा एमालेका के.पी. ओली पनि त औंठा छाप नै हुन् त! नेपालको २ पटक प्रधानमन्त्री भैसके। के मैले पनि गर्न नसक्ने भनेर इतिहासमै लेखिएको छ र भन्या? तपाईंलाई अचम्म लाग्न सक्छ, घण्टामा १५० पटकभन्दा बढी यहाँकै जनताहरुको फोन आउँछ मलाई । घरी के समस्या घरी के समस्या छ भनेर फोन गर्छन् । र म पुगेको हुन्छु र गरिरहेकै हुन्छु। त्यसैले मेरो यही लगावकै कारण मलाई यहाँको जनताहरुले मलाई आउँदो स्थानीय निर्वाचनमा म लगायत मेरा गठबन्धनका साथीहरुलाई भारी मत दिएर बहुमतका साथ विजय गराउछन् । यसैमा म ढुक्क छु ।

तपाईं विगतका वडा अध्यक्ष बाट सन्तुष्ट हुनुहुन्छ?
बिल्कुल म सन्तुष्ट छैन । जनताहरुलाई यस्ता खुरापाती प्रवित्तिको भ्रम सृजना गरेर हुन्छ?
सामाजिक सञ्जालमा मात्रै आफू राम्रो र सभ्य हुन मिल्छ? जनताको काममा खट्नुपर्दैन? एउटा सिफारिस लिन पनि एमाले पार्टीमा प्रवेश हुनुपर्ने, प्रवेश नगराए भोलि हुन्छ,पर्सि हुन्छ भनेर आलटाल गर्ने, यस्तो नि हुन्छ कतै? वडा अध्यक्ष भनेको समग्र जनताहरुको हो निर्वाचित भैसकेपछि । कुनै दल विशेषको होइन । राहत सामाग्री लगाएत वडामा वितरण गरिने खानेपानी पाइप पनि आफ्ना विशेष मान्छेहरु हेरी हेरी बाडेको पाइयो। जहाँ आवश्यकता छ त्यहाँ छैन। जहाँ समस्या छैन त्यहाँ थपेर दिने प्रवित्तिले गर्दा वडा अध्यक्ष प्रति वास्तवमा इकुडोलको जनता असन्तुष्ट रहेको जगजाहेर नै छ।
यस्तो प्रवित्तिको चिरफार गर्न मेरो उम्मेदवारी हो ।

युवाहरुको लागि चाहिँ तपाईको योजना के छ त?
जहाँ खेलकुद त्यहाँ इकुडोल कार्यक्रम सञ्चालन गरि क्षेत्रीय तथा जिल्ला स्तरमा हुने प्रतियोगिताहरुमा इकुडोलको युवाहरुको सहभागिता सुनिश्चित गरिनेछ । लोकसेवामा युवाहरुको आकर्षण बढाउनका लागि वडाभित्र लोकसेवा तयारी कक्षा सञ्चालन गरिने हाम्रो योजना रहेको छ । वडाभित्र २ ठाउँमा फुटसल कोर्ट निर्माणका साथै युवाहरुलाई स्वरोजगार बनाउन युवा लक्षित विभिन्न तालिमहरु सञ्चालित गरिने लक्ष्य रहेको छ ।

अन्तिममा तपाईं के भन्न चाहनुहुन्छ?
यहाँको अनलाईन मिडियाले हाम्रो संयुक्त गठबन्धनको हाम्रा साझा एजेण्डा लगायत विगतका वडा अध्यक्षको प्रवित्तिका बारेमा बोल्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button