समाचार

बागमतीमा गठबन्धन सहित कांग्रेस लाई बहुमत,एमालेको बिरासत जोगियो

ललितपुर ,गत बैशाख ३० मा सम्पन्न स्थानिय निर्वाचनमा बागमती गाउँपालिका ललितपुरमा गठबन्धन टिमले बहुमत हासिल गर्न सफल भएको छ।

०७४को स्थानिय निर्वाचनमा नेपाली कांग्रेस ४ वडा नेकपा एमाले ३ वडा मा बिजयी भएको थियो।पालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट क्रमश वीर बाहादुर लोप्चन र रन्जना घिमिरे तिमल्सिना अत्याधिक मत सहित बिजयी भएका थिए भने ०७९ को निर्वाचन बाट भने गठबन्धन टिम अध्यक्ष वीर बाहादुर लोप्चन ( कांग्रेस ) उपाध्यक्ष भक्त बाहादुर दर्लामी (माओबादी केन्द्र) बहुमत ल्याउन सफल भएको हो ।

गठबन्धन सहितको साझा उम्मेदवार तय गरिएको ७ वटै वडामा घुसेल,माल्टा, भट्टेडाडा,प्युटार र आश्राङमा नेपाली कांग्रेस बिजयी भएका छन भने इकुडोल बाट माओबादी केन्द्र बिजयी भएका हुन।

०७४ को स्थानिय निर्वाचनमा तीन वटा वडा जित्न सफल नेकपा एमालेले यो पटक भने एक वडामा सिमित हुन पुगेको छ।गाउँ पालिका अन्तर्गत पर्ने गिम्दी बाट नेकपा एमालेका उम्मेदवार होम प्रसाद बजगाइले  गठबन्धन उम्मेदवार कांग्रेसका दिनेस राना मगर लाई पछि पार्दै एमालेको बिरासत जोगाएका हुन।

नव निर्वाचित जनप्रतिनिधि
अध्यक्ष – वीर बाहादुर लोप्चन ( कांग्रेस )
उपाध्यक्ष – भक्त बाहादुर दर्लामी ( माओबादी केन्द्र)
वडा अध्यक्ष
ज्ञ्यान बहादुर लो (कांग्रेस ) – घुसेल
राम बाहादुर ब्लोन( कांग्रेस ) – माल्टा
नवराज खड्का (कांग्रेस ) – भट्टेडाँडा
राम कुमार लामा ( कांग्रेस ) – प्युटार
नवराज तिमल्सिना ( माओबादी केन्द्र) – इकुडोल
नारायण बोम्जन( कांग्रेस ) – आश्राङ
होम प्रसाद बजगाइ  ( एमाले) -गिम्दी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button