समाचार

प्रतिबद्धता गरेको काम सबै गर्ने छु- राम कुमार लामा

ललितपुर –बागमती गाउपालिका ४ प्युटार बाट नव निर्वाचित वडा अध्यक्ष राम कुमार लामाले आफ्नो पाँच बर्षे कार्यकालको पदभार ग्रहण गरेका छन।

गत सोमबार बाट आफ्नो कार्यकाल सम्हालेका लामाले निर्वाचन अगाडि आफुले प्रतिबद्धता साथै घोषणापत्रमा उल्लेख सम्पुर्ण काम गर्दै जानी स्पस्ट पार्नु भयो।लामाले प्युटार बासी लाई आफ्नो अमुल्य मत दिएर बिजयी गराउनु भएकोमा धन्यवाद समेत दिएका छन।

अगाडिको स्थानिय निर्वाचन बाट नेपाली कांग्रेसको तर्फबाट नारायण घले बिजयी भएका थिए,घले एस पटक पनि अध्यक्षको आकंक्षी रहेको हुदा कांग्रेस बाट टिकट नदिएको भन्दै एमाले प्रबेस गरि अध्यक्षमा टिकेट ल्याएका थिए।गठबन्धन सहितको टिम लामाले आफ्नो प्रतिस्पर्धी घलेलाइ भारी मतले पछि पार्दै बिजयी भएका हुन।

प्रतिबद्धता
१, कृषि जन्य पर्दाथहरु उत्पादनलाई प्रवद्वन गर्ने कृषकहरुलाई उन्नत जातको बीउ विजन बेमौसमी तरकारी खेती गर्न प्रोत्साहन गर्न साथै मलखादको उतित व्यवस्था गर्ने
२, कृषि जन्य पदार्थ लाई प्राथमिकता दिई बजारीकरणमा सहजीकरण र बिमा गर्ने पशुपंक्षि पालन लाई विषेश प्रोत्साहन दिने
३, दूध चिस्यान केन्द्र लाई थप व्यवस्थित तथा अाधुनिक ी करण गर्ने
४, कागती केरा अालु अदुवा लाई पकेट क्षेत्र को रुपमा विकास गर्ने
५, बाझो खेत खयर घारी र धनडाँडालाई बागमती नदिको पानी लिफटिंग गरि प्रसस्त सिचाइ सुविधा प्रदान गर्ने
६, अावश्यकता परेको ठाउँमा सिचाइ को व्यवस्था गर्ने
७,खानेपानी को अभाव रहेको ठाउँमा विशेष प्राथमिकतामा राखी पहिलो कार्य गर्ने
९, शिक्षा बाट बन्चित हुन नदिन गरीब तथा जेहन्दार र अपांग स्कुल का भाइ बहिनी लाई छात्रवृत्ति को व्यवस्था गर्ने
१०, युवा लक्षित कार्यक्रम गरि बेरोजगारीमा परेको ब्यक्तिहरु सीपमूलक तालिम प्रदान गरि रोजगार को सिर्जना गर्ने
११, गणस्तरीय शिक्षा को लागि सम्पूर्ण स्कुल को प्रधानाध्यापक र स्कुल ब्यवस्थापन समिति सँग निरन्तर समनवतात्मक कार्यक्रम गर्ने
१२, प्रत्येक स्कुलमा भाईबहिनीहरु लाई क्षमता अभबृद्वि गर्ने अतिरिक्त कार्यक्रम गर्ने खेलकुद संास्कृतिक नाटक वादविवाद ईत्यादि
१३, कालिदेवि मा वि मा रहेको प्राविधिक शिक्षा लगाय सम्पूर्ण स्कुलहरु व्यवस्थित र मर्यादित बनाउने
१४, जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा तथा संरक्षण मा विषेश ध्यान दिईने ।
१५, स्वास्थ विमा कार्यक्रम संचालन गरि साविकका प्रत्येक वडा वा टोल भित्र का नागरिकहरुको विमा गर्ने प्रोत्साहन गर्ने
१६ , पालिका स्तरको अस्पतालको रुपमा रहेको थाङसिङटार अस्पताल लाई व्यवस्थित गर्न विषेश प्राथमिकता दिने
१७, प्युटार स्वास्थ चौकी लाई जन्ताको भवना अनुसार व्यवस्थापन गर्ने
१८ , आफ्नो वडा लाई स्वच्छ राख्न फोहोर मैलाको उचित व्यवस्थापन गर्न विषेश कार्ल्याईनेछ।
१९, प्रत्यक समुदायिक वन क्षेत्र लाई विषेश संरक्षित क्षेत्र को रुपमा विकास गरिने।
२०, प्रत्यक आमा समुह लाई क्षमता अभिबृद्वि गर्न सीपमूलक कार्यक्रम गरिने छ।
२१, पालिका स्तरमा चर्चित रहेको खयरघारी खेल मैदान लाई स्तर उन्ति गरिने
२२, वडा भित्र रहेको विभिन्न धार्मिक स्थलहरुको निर्माण तथा मर्मत सम्भार गर्ने
२३, वडा भित्र रहेको सम्पूर्ण भाषाहरुलाई सम्मान गर्ने र समुदायको आ आफ्नो समुदाय ले मान्ने पर्वहरुलाई सम्मान गर्ने ।
२४,आफ्नो वडाको टोलमा पुग्न बाँकी रहेको सम्पूर्ण मोटर बाटो विस्तार गरिने।
२५,आफ्नो वडामा रहेको सम्पूर्ण मोटरबाटो लाई स्तर उन्नति गरि शाखा बाटोहरुलाई एक अपसमा जोडिने

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button