समाचार

ललितपुर कांग्रेस क्षेत्र १ ले गर्यो निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान

ललितपुर कांग्रेस क्षेत्र १ ले गर्यो निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान

स्थानीय निर्वाचन ०७९ मा नेपाली कांग्रेस क्षेत्र १ बाट बिजयी जनप्रतिनिधि हरुलाइ बधाइ तथा सुभकामना दिने कार्यक्रम सम्पन्न भएको छ। ललितपुर क्षेत्र १ बाट विभिन्न तहमा ९५ जना बिजयि हुनु भएको थियो।

नेपाली कांग्रेसका माहामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ललितपुर क्षेत्र न १ बाट नेपाली कांग्रेसको तर्फ बाट निर्वाचित नगर प्रमुख ,पालिका प्रमुख , वडा अध्यक्ष तथा निर्वाचित वडा सदस्य हरु तथा जिल्ला समन्वय समितिको निर्वाचित पदाधिकारी हरु लाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो।

क्षत्रीय सभपती सुन्दर मान थिङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथि गगन कुमार थापाले ललितपुर नेपाली कांग्रेस पाटिको लागि एउटा नमुना जिल्ला रहेको बताउनु भयो।थापाले यो जित लाई सहि सदुपयोग गरेर आगामी दिन हरुमा निर्वाचित प्रतिनिधि हरुले उदाहरणिय काम गरेर देखाउन सफल भएमा मात्र जितको सार्थक रहने बताउनु भयो।

केन्द्रिय सदस्य तथा पुर्व अर्थराज्यमन्त्री उदय सम्सेर राणाले चुनाव जित्नु गारो काम हो,त्यतिनै गारो काम जितिसके पछि हुन्छ।चुनाव जिते पछि कांग्रेसको जनप्रतिनिधि होइन सबै जनताको प्रतिनिधि हो यसलाइ मध्य नजर राखेर काम गर्न आग्रह गर्नु भयो।कांग्रेस युवा तथा लोकप्रिय नेता मीन कृष्ण महर्जनले हतारले टिकट दिएर फुर्सदमा पछुताउने काम हामिले गरेनौ जस्ले टिकट लान्छ उस्ले चुनाव जित्छ भन्ने सिद्धान्तसाहित हाम्रो लाई नभएर राम्रो लाई टिकट दिएर ठाउँ बिजयी गराउन सफल भएको प्रस्ट पार्नु भयो।

कार्यक्रममा बागमती प्रदेश सह माहामन्त्री ऋषि राम घिमिरे,जिल्ला सचीव बसिष्ट अधिकारी मथुरा प्रसाद घिमिरे लगाएतका नेता तथा कार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button