राजनीति

कम्युनिस्टले गरेको गल्ती कांग्रेसले सुधार्नु पर्छ

ललितपुर –नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अघिल्लो सरकारले गरेको गल्ती देखाएर बस्ने छुट कांग्रेसलाई नभएको बताएका छन्। महामन्त्री थापाले कम्युनिष्ट सरकारले गरेको गल्ती र कमजोरीलाई कांग्रेसले सुधार गर्दै अघि बढ्नुपर्ने बताए।
स्थानीय निर्वाचन ०७९ मा नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र १ बाट बिजयी जनप्रतिनिधिहरुलाइ बधाइ तथा शुभकामना दिने क्रममा महामन्त्री थापाले जनताको मन जित्न जनप्रतिनिधिले लोकप्रिय काम गर्नुपर्ने बताए।

उनले ललितपुर जिल्ला नेपाली कांग्रेस पार्टीको लागि एउटा नमुना जिल्ला रहेको बताउदै थापाले यो जित लाई सहि सदुपयोग गरेर आगामी दिन हरुमा निर्वाचित प्रतिनिधिहरुले उदाहरणीय काम गरेर देखाउन सफल भएमा मात्र जितको सार्थक रहने बताए। उनले कांग्रेसले तयार पारेको घोषणापत्र अनुसार काम गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिए।

केन्द्रीय सदस्य एवं पुर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले चुनाव जित्नु गारो काम हो,त्यतिनै गारो काम जितिसके पछि हुने बताए। उनले जिते पछि कांग्रेसको जनप्रतिनिधि होइन सबै जनताको प्रतिनिधि हो यसलाई मध्य नजर राखेर काम गर्न आग्रह गरे ।

वाग्मती प्रदेश सहमहामन्त्री ऋषि राम घिमिरेले गठबन्धन मात्र नभई कांग्रेसको संगठन बलियो भएका कारण यतिको जीत संभव भएको बताए।

कांग्रेस युवा नेता मीन कृष्ण महर्जनले भने”हतारले टिकट दिएर फुर्सदमा पछुताउने काम हामीले गरेनौं”, “जस्ले टिकट लान्छ उस्ले चुनाव जित्छ भन्ने सिद्धान्त सहित हाम्रो लाई नभएर राम्रो लाई टिकट दिएर बहुमतले बिजयी गराउन सफल भएको प्रस्ट पारे”।
कार्यक्रममा नेपाली काँग्रेस ललितपुरका कार्यवाहक सभापति सुदर्शन घिमिरे, उपसभापति एवं गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन, कांग्रेस नेता मथुरा प्रसाद घिमिरे, कवेल बहादुर लामा लगायतका नेताहरुले निर्वाचित जनप्रतिनिधिलाई बधाई एवं शुभकामना दिदै आ-आफ्नो मन्तब्य राखेका थिए।

क्षेत्रीय सभापति सुन्दर मान थिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुयाँल,गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन, उप प्रमुख मुना अधिकारी, बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन, महांकाल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसी र कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेलाई सम्मान गरिएको थियो।

त्यस्तै २२ वटा वडाका वडा अध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य, कार्यपालिका सदस्य एवं वडा सदस्य हरुलाई समेत सम्मान गरिएको थियो। क्षेत्र नं १ मा मात्र विभिन्न तहमा गरी नेपाली कांग्रेसले ९५ सिट जितेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button