अन्यसमाचार

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको कार्यक्रम हंगामा

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा हंगामा भएको छ ।

प्रतिष्ठान समितिले प्रकाशित गरेको ‘अग्र अनुहार’ पुस्तकमा इतिहास मेटाउने प्रयास भएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज)ले कार्यक्रम स्थलमै विरोध गरेका छन्  ।फोनिजले विरोधका साथसाथै विमोचनका लागि तयार  पुस्तक नियन्त्रणमा लिएर च्यात्ने काम समेत गरेको छ । पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रम हलभित्र पसेर  फोनिजले हङ्गामा मच्चाएको हो ।

फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले महासंघले इतिहास मेटाउने काम भएकाले आाफूहरुले त्यसको विरोध गरेको बताए । प्रतिष्ठान प्रदेश कमिटीका उपाध्यक्ष वीरेन्द्र अ‍ोलीले होहल्लाकै बिचमा पुस्तक विमोचन भएको दाबी गरे ।

Related Articles

Back to top button