विज्ञान

सातै प्रदेशमा बर्षाको सम्भावना

काठमाडौ ,आज सुदूरपश्चिमबाहेक देशका सबै प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले नेपालको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका भूभागहरूमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
सोमबार
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा सामान्य देखि आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका भूभागहरूमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार
दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली वाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ । प्रदेश नं १ का धेरै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा वाँकी भूभागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बुधबार
दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली वाँकी भूभागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा वाँकी भूभागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button