समाचार

गोदावरी स्काउटले रोभर रेन्जर क्याम्प गर्ने

ललितपुर -पहिलो गोदावरी नगर स्थरिय रोभर रेन्जर क्याम्प हुने भएको छ।गोदावरी नगरपालिका ललितपुर स्थित स्थानिय स्काउट कार्यालयको आयोजनामा हुन गैरहेको गोदावरी नगर स्थरिय क्याम्प नगर प्रमुख गजेन्द्र महर्जन द्वारा उद्दघाटन हुने कार्यक्रम रहेको छ।

स्थानिय स्काउट कार्यलय गोदावरी नगरपालिका बज्रवाराही ललितपुरका संयोजक दिपक अर्यालका अनुसार कार्यक्रम आगामी असार ४ गते सनिवार गोदावरी नगरपालिका -१ बिसंखुनारायण माबीमा बिहान ११ बजे लाई तय गरिएको छ।

स्थानीय तहमा स्काउटको अधिकार प्रत्यायोजन भएसँगै पहिलो पल्ट गोदावरी नगरपालिकाले तीन दिने स्काउट सिविर सफलता पुर्वक सम्पन्न गरेको थियो।

सामुदायिक विद्यालयलाई लक्षित गरेर संचालन गरेको गोदावरी स्काउटले सैद्धान्तिक र व्यवहारिक ज्ञानसहितको स्काउट शिक्षा लाई प्राथमिकता दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button