समाचार

भट्टेडाँडालाइ प्रदेस सरकारको लोकप्रिय बजेट

ललितपुर –आर्थिक बर्ष ०७८/७९को लागि बागमती प्रदेश सरकार बाट भट्टेडाडको लागि लोकप्रीय बजेट बिनियोजित भएको छ।

दक्षिण ललितपुर अवस्थित बागमती गाउपालिका- ३ भट्टेडाडाको लागि पालिकाभित्रकै लोकप्रिय बजेट बिनियोजित भएको हो।बागमती गाउपालिकाको मुटु तथा राजधानी नजिकैको पर्यटकीय हवको लागि पहिलो गन्तव्य बन्दै गरेको भट्टेडाडा राजधानी बाट करिब १५ किमि को दुरिमा अवस्थित छ।

जिल्ला समन्वय समितीका ललितपुरका अध्यक्ष ॠषि फुयालको सक्रियतामा जिल्लामा लोकप्रिय बजेट पार्न सफल भएको हो।

नेपाली कांग्रेस ललितपुर क्षेत्र नं १ का कोषाध्यक्ष दिपक समीर घिमिरेका अनुसार बागमती गाऊपालिका बडा न ३ मा बजेट पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्नु हुनेे नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बनिया , कांग्रेस युबा नेता मिनकृष्ण महर्जन , बागमती गाऊपालिका अध्यक्ष बिरबहादुर लोप्चन , निर्वतमान उपाध्यक्ष रन्जना घिमिरे , निबर्तमान वडा अध्यक्ष बिण्णु प्रसाद तिमल्सिना , वडा अध्यक्ष नबराज खड्का महत्वपूर्ण भुमिका रहेको बताउनु भयो।

बागमती प्रदेश सरकार बाट बागमती गाऊपालिका वडा न-३ भट्टेडाडा मा बिनियोजित बजेट हरु :
१) भालुखोला बुलकिचाैर खानिभन्जाङ हुँदै राडर मोटर बाटो १ करोड
२) भट्टेडाडा कलबन यास्पा बगुवा मोटर बाटो स्तरउन्ति १ करोड
३) महाकाल्खोल्चा पुल निर्माण २० लाख
४) तिनपाने बुलाकिचाैर पाहाखोला मोटर वाटो ३० लाख
५) कान्तिलोकपथ छबेलि ढुङगेपानि मोटर बाटो १५ लाख
६) कान्तिलोकपथ छबेलि काउलेलेक ढुङगेपानि मोटर बाटो ५० लाख
७) भट्टेडाडा खानेपानि आयोजना २५ लाख
८) सिरुडाडा माहाकाल्खोल्चा खानेपानि आयोजना ७५ लाख
९) महकाल्खोल्चा खानेपानि आयोजना १० लाख
१०) छबेलि दुग्ध डेरी गाऊपालिका भबन मोटर बाटो २० लाख
११) राडर क्षेत्र बिकास कार्यक्रम १५ लाख

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button