समाचार

राष्ट्रपति रनिङ शिल्ड ललितपुरमा जारी

ललितपुर ,ललितपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला व्यापी माध्यमिक तह स्तरीय एथलेटिक्स खेल अन्तर्गत जिल्ला खेलाडी छनौट प्रतियोगिता पहिलो दिन सम्पन्न भएको छ।

एथलेटिक्स अन्तर्गत छात्र छात्रा १०० मि,२०० मि,४०० मि,८००मि,१५००मि,३०००मि साथै १००*४,४००*४ रिले दौड हाइ जम्प,लङ जम्प,तृपल जम्प,सट पुट ,ज्याबलिन थ्रो लगायतका गेम समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका सदस्य कवि मालाकारले जानकारी दिनु भयो ।

मेडल,प्रमाणपत्र हस्तान्तरण गर्दै समितिका अध्यक्ष विनोद महर्जन तथा कार्यलय सचिव एवम् प्रमुख कृष्णराज खनालले खेलाडीको प्रशंसा गर्नु भयो ।दशरथ रंगशालामा आयोजना भएको यस खेलकुदबाट जिल्ला स्तरीय खेलाडी छनौट हुने एथलेटिक्स संयोजक विमला जोशीले बताउनु भयो ।अध्यक्ष विनोद महर्जनले आफूहरु खेलकुदका विकासका लागि निरन्तर लाग्ने प्रतिक्रिया दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button