अर्थतन्त्र

सेयर बजारका सबै सूचक घटे

काठमाडौँ-साताको पहिलो दिन आइतबार पनि सेयर बजार ओरालो लागेको छ । बजारको परिसूचक नेप्से ३७.२७ अंक घटेर १९३४ अंकमा कायम भएको छ । यो अंक डेढ वर्षयताकै न्यून हो । कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भयो । बजारका सबै उपसमूहका सूचक घटेका छन् ।

बैंकिङ १२, विकास बैंक १२४, फाइनान्स ५१, होटल तथा पर्यटन ४७, जलविद्युत् ८७, लगानी १, जीवन बीमा १२२, उत्पादन ३२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा १५४, अन्य ५३ र ब्यापार उपसमूह ३० अंक घटे । कुल १३ कम्पनीको मूल्य बढ्दा १७९ को घट्यो भने २ को स्थिर रह्यो । आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत तथा सीवाईसी नेपाल लघुवित्तको ४ प्रतिशत बढ्यो । रिभर फल्स पावरको मूल्य ९.५ तथा बलेफी हाइड्रोको ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, एनसीसी बैंक, सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक र एनआईसी एसिया बैंक क्रमश: अगाडि रहे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button