शिक्षा

इसिडी शिक्षकहरुको तलब मासिक १५०००/-, स्वास्थ बिमामा ५०% अनुदान

ललितपुर , बागमती गाउपालिकाले इसिडी शिक्षक हरुलाइ मासिक १५०००/- तलब दिने भएको छ।बागमती गाउपालिका भित्र पर्ने ४७ बिधालयहरु मध्य ५९ जना इसिडी सिक्षक रहेका छन ।नेपाल सरकारबाट प्राप्त गर्दै आएको ८०००/- तलब बाट ७०००/- पालिका बाट थपी रु १५०००/- पुर्याएको हो।सामाजिक बिकास समिति संमयाेजक रामकुमार लामाका अनुसार पालिका भित्र रहेका ९ लेखापाल,४७ कार्यलय सहयोगी गरि जम्मा ११५ जना कर्मचारी लाई मासिक १५०००/- तलब दिने ब्यबस्था गरिएको हो।

कक्षा (१-५) आधारभुत बिधालयमा सहयोगी तलब १०,०००/- मा पालिका बाट ५०००/- थप,कक्षा (६-८) आधारभुत बिधालय सहयोगी ११०००/- मा ४०००/- पालिका बाट थप, त्यसै गरि कक्षा (९-१२) मा बि सहयोगी तलब १३०००/-मा पालिका बाट २०००/- थप गरि १५०००/- पुर्याएको हो।

त्यसै गरि स्वास्थ बिमा तर्फ पनि लोकप्रिय काम भैरहेको लामा बताउछन।स्वाथ बिमा अन्तर्गत आश्राङ र प्युटारमा करिब काम सम्पन्न भैसकेको र अन्य वडामा पनि तिब्र रुपमा काम हुने बताए।स्वास्थ बिमा अन्तर्गत ५ जनाको परिवार लाई ३५००/- को दरले बिमा गर्दा ५०% रकम पालिकाले ब्यहोर्ने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button