स्वास्थ्य
माहाँङ्काल ठुलादुर्लुङमा एक दिने स्वास्थ सिविर सम्पन्न

ललितपुर ,माहांङ्काल गाउपालिका अन्तर्गत ठुलादुर्लुङ मा आज एक दिने स्वास्थ सिविर सम्पन्न भएको छ।
साहस नेपाल, जेसिआइ,सिडिसी तथा गाउपालिकाको संयुक्त आयोजनमा सम्पन्न एक दिने सिविरमा करिब २५० भन्दा बढी स्थानियहरुले स्वास्थ परिक्षण गरेका थिए।
दिपक समिरका अनुसार हाड जोर्नी,दन्त,स्वासप्रस्वास , पेट समब्धी,स्त्री रोग,सुगर तथा सामान्य रोग परिक्षण गर्दा सहभागी मध्य स्त्री तथा गुप्त रोग सम्बन्धी बढी बिरामी आएको पाइएको छ।
नर्भिक अस्पताल काठमाडौ बाट खटिएका डक्टर हरु बाट सेवा प्रदान गरिएको उक्त कार्यक्रममा गाउपालिका अध्यक्ष गणेश केशी तथ वडा अध्यक्ष बिनोद चौरेल बाट स्वस्थ परिक्षण गरि कार्यक्रमको सुभारम्भ गरिएको थियो।