समाचार

प्युटारमा सौर्य लिफ्टिङ बाट ३०० रोपनी जग्गामा सिंचाही गरिने

ललितपुर ,बागमती गाउँपालीका-४ प्युटारमा सौर्य सिंचाइ आयोजना हुने भएको छ।
सुख्खा तथा पाखो खेतियोग्य जमिनमा खेती गर्दा किसान हरुको आयश्रोतमा बृद्दी साथै युवा हरुलाइ कृषि पेसा प्रती उत्प्रेरित गर्ने उद्देश्यले सौर्य संचाही जडान गर्न लागिएको हो।बागमती नदि बाट ११२ मिटर माथि शाैर्य बती प्रयोग गरि लिप्ट मार्फत सिंचाइ गरिने भएको हो। उक्त कार्यक्रमको लागि कुल बजेटमा बागमती गाउँपलिकाले २०% बांकि ८० % मिनर्जी संस्थाले ब्योहर्ने गरि फिल्ड सर्वे भएको हो।एसरी लिफ्ट मार्फत संचाही गर्दा ५५ घर परिवार ३०० रोपनि जग्गामा सहज रुपबाट सिंचाही गर्न सकिन्छ।

पालिका अध्यक्ष वीर बाहादुर लोपचनका अनुसार पाखो भिरालो खेतियोग्य जमिनमा सिंचाहिको कारण बाट बाझो रहने अवस्था आउन नदिन नजिकै रहेको बागमती नदि बाट लिफ्टिङ सिंचाइ गर्न लागिएको बताउनु भयो।लोप्चन अगाडि भन्छन सौर्य लिफ्टिङ बाट सिंचाही गर्दा थोरै लागत पर्ने, जहिले सुकै आफुअनुकुल काम गर्न सकिने भएको हुदा ग्रामिण परिवेशमा सौर्य लिफ्टिङ भरपर्दो रहेको बताउछन।प्युटारमा एस अघि तरकारी संकलन केन्द्र हाट बजारको ब्यबस्था भैसकेको छ। यिनिहरुलाइ छिटै संचालनमा ल्याएर यहाँ बाट उत्पादन भएका तरकारी लगाएत अन्य बस्तुहरु काठमाडौ लाने ब्यबस्था एथासिघ्र मिलाउने प्युटर वडा अध्यक्ष राम कुमार लामाले बताउनु भयो।

गाउंपालिका र मिनर्जी संस्थाको सहयोग बाट निर्माण हुन लागेको उक्त परियोजना आगामी ७ महिना भित्र सम्पन्न गर्ने गरि काम अगाडि बढाइएको गाउपालिका प्रेस संयोजक दिपक घिमिरे समीरले जानकारी दिनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button