शिक्षा

ललितपुरमा नेतृत्व उपाय कार्यशाला सम्पन्न

ललितपुर –बुद्ध मावि र वाणीबिलास माविको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई ब्लुवर्ड मावि / क्याम्पसले सहयोग गरेको हो।गोदावरी नगरपालिकाका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई ललितपुर ,इकाई प्रमुख गणेशप्रसाद ढकाल ,गोदावरी शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख देवीप्रसाद उपाध्याय ,ज्ञानोदयका पूर्व प्रधानाध्यापक एवम् अभियान्ता धनञ्जय शर्मा ,ब्लुवर्डका वीर सिंह क्षेत्रीले सहजीकरण गर्नु भयो ।शैक्षिक नेतृत्व , सकारात्मक सोच, विद्यालयका योजना निर्माण ,सफल अभ्यासका प्रयास बारे कार्यक्रममा अनुभव साटासाट गरिएको थियो ।

कार्यक्रममा प्रधानाध्यापकहरुको सक्रिय सहभागिताले उत्साह थपेको बताउँदै बुद्ध माविका प्रधानाध्यापक प्रेमपति जोशीले व्यक्तित्व परीक्षण बारे प्रस्तुति गर्दै कार्यक्रमलाई निरन्तरता दिने पर्ने बताउनु भयो ।वाणी विलास माविका प्रधानाध्यापक प्रवीण प्रकाश श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु हुँदै सामुदायिक विद्यालयमा हाल चुनौती आएकाले आपसी समन्वय ,सहकार्य र सञ्चारबाट विद्यालय सुधारमा लाग्नुपर्ने बताउनु भयो । कार्यक्रमको अध्यक्षता वाणी बिलास माविका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले गर्नु भयो भने समापन बुद्ध माविका पूर्व प्रधानाध्यापक सानुदास नापितले गर्नु भएको थियो

नेतृत्व विकासका अनुभव सुनाउँदै ५ वर्ष शिक्षक र २६ वर्ष सरकारी कर्मचारी हुँदा नीति र विधीमा चल्न र योजना बनाउँदा सकारात्मक चिन्तनका साथ अगाडि बढी वातावरण ,अनुभव , शिक्षालाई जोड्न सक्नुपर्ने गोदावरी शिक्षा शाखा प्रमुख उपाध्यायले बताउनु भयो ।इकाई प्रमुख ढकालले भौतिक पूर्वाधार बने तर विद्यार्थी सकभर विद्यालय छाड्न थाले किन होला भन्ने प्रश्न गर्दै कि स्कुल कसैको नि भएन ? भनी छ्लफल गराउनु भयो ।साथै उहाँले अब विद्यालयको अवस्था पहिचान गरी उपलब्धि परीक्षणका साथ अनुगमन र नीरिक्षण गर्दै समीक्षा गरेर अगाडि बढ्न आग्रह गर्नु भयो ।

ज्ञानोदयका पूर्व प्रधानाध्यापक धनन्जय शर्माले आफ्नो सफल अभ्यास र प्रयास साटासाट गर्दै कक्षामा शिक्षक कम र विद्यार्थी धेरै सक्रिय हुनुका साथै विद्यालय प्रशासन प्रधानाध्यापक एक्लैले भन्दा समुहबाट सुधार हुने बताउँदै अब स्थानीय तहले थप चासो दिनु पर्ने तर्क गर्नु भयो ।यस्तै सहजकर्ता वीर सिंह क्षेत्रीले सामुदायिक विद्यालयबाट आफूले सिक्न चाहेको र खाली तोकिएको समयावधिमा मात्रै काम गरेर नतिजा नआउने भन्दै अरुको कामको सम्मान गर्न ,सहयोग गर्न साथै राम्रो गर्नेलाई उत्साह दिदै पुरस्कृत गर्न समन्वय गर्नु पर्ने बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button