समाचार

ललितपुरमा युनियनको पार्षद भेला, युनियनको भूमिका अझै प्रभावकारी हुनुपर्नेमा जाेड

ललितपुर ,नेपाल प्रेस युनियनकाे नवाैं महाधिवेशनका सन्दर्भमा ट्रेड युनियन अधिकारका लागि प्रेस युनियनकाे भूमिका बिषयक अन्तरक्रिया सम्मान भएको छ । आज शनिवार नेपाल प्रेस युनियन ललितपुरले नवाैं महाधिवेशनमा सहभागी हुन जाने प्रतिनिधि (पार्षद) हरुकाे भेला गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाकाे प्रमुख आतिथ्यतामा उक्त अन्तरक्रिया सम्पन्न गरेकाे हाे ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले जिल्ला तहमा नेपाल प्रेस युनियनको भूमिका अझै प्रभावकारी र शशक्त हुनुपर्नेमा जाेड दिए । राणाले भने, “प्रेस युनियनमा आवद्ध पत्रकारहरुले नेपाली काँग्रेसका गतिविधिहरुलाई सञ्चारमाध्यममार्फत अझै जनतासमक्ष पुर्‍याउन भूमिका खेल्नुपर्ने छ। यसका साथसाथै नेपाल पत्रकार महासंघ ललितपुरमा समेत प्रेस युनियनमा आवद्ध साथीहरूकाे उपस्थिति बलियाे हुनु आवश्यक छ ।” राणाले जिल्लामा रहेका प्रेस युनियनका पत्रकारहरुलाई आफूले सक्दाे सहयाेग गर्ने वताए । उनले ललितपुरका ग्रामीण र दुर्गम भेगका गतिविधि र समाचारहरुलाई पनि सञ्चार माध्यममा प्राथमिकताका साथ स्थापित गराउन पत्रकारहरुलाई आग्रह गरे ।

त्यस्तै विशिष्ठ अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेपाल प्रेस युनियन नेपाली कांग्रेसकाे महत्त्वपूर्ण शुभेच्छुक संस्था भएको वताउँदै पार्टीले निरन्तर रुपमा समन्वय र सहकार्य गर्ने वताए । केन्द्रीय सदस्य बस्नेतले भने, “प्रेस युनियन राज्यकाे चाैथाे अंगका रुपमा स्थापित पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरुकाे संस्था हाे । यस्ताे महत्त्वपूर्ण संस्थालाई नेपाली कांग्रेसले सधै समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने छ।”
त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले नेपाल प्रेस युनियनका गतिविधिहरुले नेपाली कांग्रेसलाई सकरात्मक सहयाेग पुगेकाे र आगामी दिनहरुमा अझै प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले स्थानीय तहकाे निर्वाचनमा प्रेस युनियनको रचनात्मक भूमिका रहेकाे वताए । उनले भने, ” प्रेस युनियनका साथीहरुका सक्रियताले हामीलाई स्थानीय निर्वाचनमा सहज भयाे। याे संस्था र यसमा आवद्ध साथीहरूले आगामी निर्वाचनमा समेत अझै प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । ”
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव बशिष्ठ अधिकारी, सहसचिव तथा जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयाल, वागमती गाउँपालिका प्रमुख वीरबहादुर लाेप्चनले नवाैं महाधिवेशनकाे सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले ट्रेड युनियन अधिकारका लागि साउन ६ र ७ गते हेटौंडामा हुने नवाैं महाधिवेशनले दिशानिर्देश गर्ने वताए । त्यस्तै नेपाल प्रेस युनियनकी उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष वाला अधिकारीले नेपाल प्रेस युनियन ललितपुरकाे विगतकाे अवस्थाकाे चर्चा गर्दै नवाैं महाधिवेशनमा ललितपुरबाट उम्मेदवार घाेषणा गरेकाहरुलाई विजयका लागि शुभकामना व्यक्त गरिन् ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय काेषाध्यक्ष सूर्य नेपालले नेपाल प्रेस युनियन मात्रै ट्रेड युनियन अधिकारकाे पक्षमा वकालत गर्ने र लड्ने संस्था भएको वताए । उनले भने, ” नेपाल प्रेस युनियन मात्रै ट्रेड युनियन अधिकारका पक्षमा क्रियाशील संस्था हाे। पत्रकार महासंघ गैरसरकारी संस्था मात्रै हाे । युनियनका साथीहरू महासंघको मुख ताकेर बस्नुपर्ने अवस्था छैन, आइएफजेसंग सिधै सम्पर्क छ। यसलाई साथीहरूले अझै प्रभावकारी वनाउन सक्नुहुनेछ । ”
त्यस्तै, कार्यक्रममा प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, उपमहासचिव सलाेजा दहाल, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरु दिलीप पाैडेल, रमेश वाग्ले, भुवन शर्मा, कल्पना शर्मालगायतका व्यक्तित्वहरुकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रमका सभापति तथा नेपाल प्रेस युनियन ललितपुरका कार्यवाहक अध्यक्ष केदारनाथ दाहालले नेपाली कांग्रेस पार्टीकाे सहयाेग लिएर सहकार्य गर्दै पार्टीका गतिविधिहरु सञ्चारमाध्यममा स्थापित गर्न लागि पर्ने वताए ।

कार्यक्रममा हेटाैंडामा हुने नवाैं महाधिवेशनका लागि उपहासचिव सलाेजा दाहालले उपाध्यक्ष पदमा, केन्द्रीय सदस्य भूवन शर्माले उपमहासचिव पदमा, ललितपुरका निवर्तमान अध्यक्ष जानुका बरालले केन्द्रीय काेषाध्यक्ष पदमा, निवर्तमान सचिव माधवप्रसाद घिमिरे, केन्द्रीय पार्षद सुकदेव दाहाल र निमा वाङ्गेल लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घाेषणा गरेका छन्।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button