समाचार

बिबादै बिबादमा सकियो तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता

ललितपुर / वागमती गाउँपालिकाले बुधबार तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न गरेको छ।गाउपालिकाको आर्थिक सहयोग र वागमती खेलकुद विकास समितिको सहकार्यमा सम्पन्न भएको फुटबल प्रतियोगिता गत कार्तिक १३ देखि १७ गतेसम्म संचालन भएको थियो।
गाउपालिका अध्यक्ष लोप्चनको प्रमुख आतिथ्यमा सम्पान भएको प्रतियोगिता को उपाधी छोर्गे युवा क्लब प्युटार B ले प्राप्त गरेको थियो।
प्रथम पुरस्कार एक लाख राशी नगद भएको उक्त कार्यक्रम भने बिबाद मुक्त हुन सकेन।प्रतियोगिताको अन्त्यतिर भएको बिबादको कारण झण्डै एक दिन खेल लम्बिएको थियो।बागमती गाउपालिका आस्राङको ससक्तिकरण युवा क्लबको तर्फ बाट खेलिरहेका खेलाडी बिबेक मोक्तानको बिषयलाइ लिएर बिबाद चर्किएको थियो। मोक्तान पालिका भित्रको नभएको साथै बाहिरबाट हायर गरेर खेलाडी ल्याएको भन्दै घरेलु मैदानको छोर्गे युवा क्लब A ले आरोप लगाएको थियो।
त्यसोत बिबेक मोक्तान एस अघि गाउपालिकाको तर्फबाट दुई ओटा खेल खेलिसकेको खेलाडी हुन।केही समय अघि सम्पन्न फुट्सल प्रतियोगिता हुदा ने बि सं आस्राङको प्रतिनिधित्व गर्दै सहभागी जनाइसकेको खेलाडी हुन।सुरुदेखी खेल्दा केही समस्या आएन जब सेमि फाइनल पुगेपछि बिनाकारण बखेडा निकालेर छोर्गे युवा क्लब लाई जिताउन बागमती खेलकुद बिकास समितीका अध्यक्ष बुद्द नेगि लागिपरेको नेपाली कांग्रेस आस्राङ वडा सभापती नारायण बोम्जन बताउछन।बोम्जनले बिबेक आस्राङकै ब्यक्ती भएको र केही पारिवारिक कारणले उस्को नाकरिकाता बन्न नसकेको सत्य हो,तर यहि बिषय लाई लिएर बखेडा निकाल्नु भनेको न्यायोचित नभएको स्पस्ट पार्नु भयो।क्वबको र जनप्रतिनिधि ४/५ जना बसेर आफै कोच आफै रेफ्री आफै टिम क्याप्टेन बनेर आयोजकले एकलौटी निर्णय गरेको आरोप समेत लगाउनु भयो।
उता खेलकुद बिकास समितिका अध्यक्षले भने खासै ठूलो लफडा नभएको र खेलाडी बिबेक मोक्तानको डकुमेन्ट वडाले दिन नसकेको कारण हामिले खेल बाट हटाउन बाध्य भएको बताउनु भयो।बिबेक २४ बर्ष भैसक्दा पनि नागरिक्ता नबन्नु जन्म दर्ता नहुनु राजनिती आड भरोसाले मात्र खेलिरहेको अब त्यसरी नहुने नेगिको भनाइ थियो।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद र बागमती गाउँपालिका लागि खेल ‘ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा छोर्गे युवाक्लब B ले प्रथम स्थस्न हासिल गर्न सफल भए भने घरेलु मैदानको छोर्गे युवा क्लबA दोश्रो बाघ भैरब युवा क्लब (गिम्दी ) तेस्रो ससक्तिकरण युवा क्लब (आस्राङ) सान्त्वना भएको थियो।
१४ वटा टिमले भाग लिएको खेलमा बिजेता टिमले नगद पुरस्कार सहित प्रमाणपत्र,ट्रफी,शिल्ड वितरण गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button