शिक्षा

गोदावरिको देबिचौरमा शैक्षिक गुणस्तर वृद्धि गर्न अंग्रेजी बिषयको थप पुस्तक बितरण

ललितपुर ,गोदावरी नगरपालिका-७ देबिचौरमा शैक्षिक गुणस्तर वृद्धि गर्न वडा भित्र रहेका ५ वटा बिधालयमा अंग्रेजी बिषयको थप पुस्तक बितरण गरिएको छ।

पछिल्लो समयमा निजि बिधालयहरु प्रती अभिभावक आकर्षित भैरहदा सामुदायिक बिधालयको आधारभुत तह सम्म अंग्रेजी माध्यम बाट अध्यन अध्यापन गराउन यो पहल चालिएको हो।

वडा अध्यक्ष मथुरा बजगाइका अनुसार सामुदायिक बिधालयमा बिद्यार्थीको संख्या जुन अनुपातमा घटेको छ त्यही अनुपातमा निजि बिधालयहरुमा बढेको छ एसको कारण भनेको सामुदायिक बिधालय हरुले गुणस्तरीय शिक्षा दिन नस्क्नु नै हो।बजगाइ अगाडि भन्छन हामिले आधारभुत तह सम्म मात्र अंग्रेजी माध्यम बाट अध्यापन गराउन सकेउ भने न्यून आय श्रोत भएका ब्यक्ती हरुले सर्वसुलब तवर बाट आफ्ना बालबालिकालाइ गुणस्तरीय शिक्षा दिनबाट बन्चित हुन पर्दैन।

वडा स्थरिय बजेट बाट संचालित उक्त कार्यक्रम अहिलेको लागि आधारभुत तह सम्म लागू गरिएको छ।एसलाइ आगामी दिनमा उच्च माध्यमिक तह सम्म अंग्रेजी माध्यम बाट अद्य्यापन गराउने योजना रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button