स्वास्थ्य
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो,२४ घण्टामा ६३८ संक्रमित २ जना मृत्यु

ललितपुर ,नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढदै गएको छ।पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार पाँच हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । दुई हजार २१५ नमुनाको पीसीआर परीक्षण गर्दा ४०० जनामा र दुई हजार ८४० नमुनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मंगलबार सम्म सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने २१८ जना कोरोना संक्रमणमुक्त भएका।