शिक्षा

SEE उतिर्ण विद्यार्थीलाई निशुल्क पढाउने वडा अध्यक्षको घोषणा

ललितपुर – गोदावरी नगरपालिका-७ देविचौरका वडा अध्यक्ष मथुरा प्रसाद शर्माले आफ्नो बडाबाट एसईई उर्तिण भएका सबै बिद्यार्थीलाई आफ्नो खर्चमा निःशुल्क पढाउने घोषणा गरेका छन ।

आफ्नो वडाबाट SEE उर्तिण भएका बिद्यार्थीले यो सुबिधा पाउन आफ्नै वडामा रहेको श्री देवी उच्च माविमा अध्ययन गर्नु पर्ने सर्त सहित एस्तो घोषणा गरेका हुन।सामुदायिक बिधालयमा विद्यार्थी संख्या घट्नु साथै सामुदायिक बिधालयमा अभिभावकको हेराइ प्रतीको प्रभाव लाई मध्यनजर गर्दै अध्यक्ष शर्माले एस्तो निर्णय गरेको बताउनु भयो।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (SEE ) उतिर्ण गरेका बिद्यार्थी हरुलाइ सुभकामना दिने क्रममा उच्च शिक्षा अध्ययन गर्ने इच्छा हुँदा हुदै पनि गाँउ घरमा गरिवीका कारण धेरै मानिसले पढ्न पाएका छैनन्, मेरो यो घोषणाले गाँउको एउटा किसानको बच्चाको भविष्य राम्रो बन्न सक्ने साथै अन्य सामाजिक ब्यक्ती हरुले पनि यो कदम लाई साथ दिने प्रस्ट पार्नु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button