साहित्य

साहित्यमा बाटो खोज्दै घिमिरे

ललितपुर –साहित्य श्रीजनालाइ मन नपराउनेहरु संसारमा कमै भेटिन्छन।साहित्यले प्रेमको सम्बन्धलाई निकै कसिलो गरेर बाधेको हुन्छ भने दुख पीडा अनि समाजलाइ छर्लङ्ग पार्न सक्ने सिर्जनात्मक अभिव्यक्तिको रुपमा साहित्य श्रीजनालाइ लिन सकिन्छ।

मर्मस्पर्शी भावनात्मक शब्दहरुको गहिराई सम्म पुगेर हेर्ने हो भने कथा कबिता उपन्यास यस्तो चिज हुन जसले मानवीय जिवनमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै ठाउ बाट मेल खाएको हुन्छ। पछिल्लो समयमा साहित्य प्रती युवाहरुको आकर्षण बढ्दो देखिन्छ।आफ्नो लेखन सैलिलाइ बिकाश गर्न होस वा आफ्नो रुचीको बिषय भएको कारण आफ्नो अभिष्ट पूरा गर्न मात्र लेखिने साहित्य हरु एति बेला व्यावसायिक बन्दै जानू श्रष्टा हरुको लागि सकारात्मक पक्ष हो।साहित्य पेशा अंगालेर पनि बाच्न सकिन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रसस्थ भेटिनु नै युवापुस्ता हरु लेखन प्रती आकर्षक भएका हुन भन्दा गलत नहोला।

साहित्य श्रीजनालाइ आफ्नो रुचि अनि अभिष्ठ ठान्दै लेखन कार्यमा आफ्नो कलम चलाइरहेका एक अदृश्य श्रटा हुन भरत घिमिरे।ललितपुर जिल्लाको ग्रामिण भेग भट्टेडाडामा जन्मिएका घिमिरे बिगत एक दशक देखि लेखिरहेका छन। पिता बिष्णु र माता रेवती माइ घिमिरेको कोखबाट बि.सं. २०४५ असार ११ गते जन्मिएका घिमिरेले आफ्नो प्रारम्भिक शिक्षा त्यही बाट पूरा गर्नु भएको हो।मध्यम बर्गिय परिवारमा हुर्किएका घिमिरे केही समय बैदेसिक रोजगारिको लागि बिदेश सम्म पुगे।

ग्रामिण परिवेशमा जन्मिएर हुर्किएका घिमिरेले आफ्नो पहिलो सिर्जना “चेलिको कथा( गीति कथा) प्रकासित गरिसकेका छन।०७३ सालमा पहिलो संस्करण समीर मिडिया एण्ड प्रकाशन प्रालीले बजारमा ल्याएको उक्त गीति कथाले राम्रो बजार लिएको बताउछन् घिमिरे।आर्थिक अभाव र मार्ग देखाउने ब्यक्तीको कमिले गर्दा आफू ओझेलिनु परेको दुख ब्यक्त गर्छन।

घिमिरेले सामाजिक सत्त्यता,देशको पीडा(गितिकथा),अभागी नारी(गितिकथा),मेरो यथार्थ(गितिकथा),गीति सङ्रग्रह,बदला(एकाङ्गी  नाटक),गरिबको जिन्दगी(एकाङ्गी नाटक) जस्ता थुप्रै रचना हरु तयार पारेका छन। आर्थिक अभावको कारणले प्रकासित गर्न नसकेको दुखेसो पोख्दै घिमिरे भन्छन मैले लेखेको यी सचना हरु प्रकासित गर्न मलाइ कसैले साथ दिनुभो भने आभारी हुने थिए।

दक्षिण ललितपुरका श्रस्टा भरत घिमिरेका रचनाहरु तपाईं हेर्न पढ्न र ती रचना हरुलाइ प्रकाशित गर्न चाहानु हुन्छ भने 9860764986 सम्पर्क गर्न सक्नु हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button