समाचार

मानिखेलको सिम्बा झरना जाने गोरेटो बाटो सरसफाइ सम्पन्न

ललितपुर –महांकाल गाउँपालिका वडा-२ मानिखेलमा रहेको आन्तरिक तथा बाह्य पर्यटकीय केन्द्र विन्दुको आधारसिला बन्दै गरेको प्रसिद्ध सिम्बा झरना जाने गोरेटो बाटो सरसफाइ गरिएको छ।

गाउँपालिका अध्यक्ष गणेश के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिम्बा झरना जाने गोरोटोबाटोको झार,घासपात,काडाहरू फाँडने,सरसफाइ गर्ने कार्य सम्पन्न गरिएको हो।आन्तरिक पर्यटकलाई लक्षित गरि गरिएकोउक्त कार्यक्रम वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता जोनि ङेसुरको संयोजकत्वमा भएको थियो।

गत बुधबार सम्पन्न उक्त कार्यक्रममा तरूण युवाहरू,वडा सदस्यहरू,स्थानीय महिलाहरू,बुखेलका वडाध्यक्ष रामप्रसाद घिमिरे,स्थानीय वासिन्दाहरुको सहभागितामा रहेको थियो।

मानिखेलका नवनिर्वाचित वडा अध्यक्ष ङेसुर निर्वाचित भएको छोटो समयमै खानेपानी वितरण,विद्यालयको शैक्षिक गुणस्तरको अनुगमन,सडक मर्मत साथै स्तर उन्नति,मानिखेल हस्पिटललाई स्वास्थ सामाग्री व्यवस्थापन,विभिन्न कृषि सामाग्री हस्तान्तरण जस्ता धेरै लोकप्रिय काम गर्दै आउनुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button