समाचार

बागमतीमा करार कर्मचारी हटाएको बिरोधमा एमालेको ज्ञ्यापन पत्र

ललितपुर –ललितपुरको बागमती गाउँपालिकाले करार कर्मचारी हटाएको बिषयलाइ लिएर प्रतिपक्षी दल नेकपा एमालेले गाउँपालिकालाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ।

सोमबार गाउँपालिकामै पुगेर एमाले गाउँपालिका कमिटि इन्चार्ज साजन दर्लामी मगर, पालिका कमिटि अध्यक्ष नवराज सञ्जेल, उपाध्यक्ष राजकुमार तिमल्सिना, सचिव लाल बहादुए भोम्जन लगायतको उपस्थितिमा गाउँपालिका प्रमुख वीर बहादुर लोप्चन, उपाध्यक्ष भक्त बहादुर दर्लामी, प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई लगायतलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा जनप्रतिनिधिको कार्यकालको सुरुवाती चरणमै पालिकाले चलेका केही पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै बोर्ड बैठकको हवाला दिई गरिएका केही निर्णयहरु समग्र पालिकाको वर्तमान वस्तुस्थिति प्रति पेचिलो र गाउँपालिकाको विकासमा आँच आउने खालको भएको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा भनिएको छ,’जनताको दैनिकी संग जोडिएका यस्ता विषय र वैयक्तिक जीवनको सम्मान तथा कार्यरत कर्मचारीमा त्रास सिर्जना गरी दैनिक कार्यसम्पादनमा सिधै डर र त्रास लिई काम गर्नुपर्ने वातावरण भएको र कर्मचारीले ढुक्क मनले कार्यसम्पादन गर्न नसकेको भनी गुनासो बढेकोले यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’

आर्थिक वर्ष २०७९/८० देखि लागु हुने गरी गाउँपालिकाले विभिन्न शाखामा काम गर्ने कर्मचारीलाई बिना कुनै पूर्व जानकारी सेवाबाट हटाएको प्रति पार्टी र संगठनले आपत्ति समेत प्रकट गरेको छ। ‘हटाईएका मध्ये अधिकांश कर्मचारी स्थानीय सरकार गठन हुनु अगाडी बाट नै केन्द्र सरकारले नियुक्त गरी आजसम्म तलब सेवा सुविधा उपलब्ध गराईरहेको र उक्त कर्मचारीले आफ्नो कार्यसम्पादन उत्कृष्ठ ढंगले गरिरहँदा समेत इगो र राजनीतिक कुण्ठा बोकी सेवाबाट हटाउने विषय अमानवीय, अपरिपक्व, गैरजिम्मेवार र स्थानीय सरकार संचालनको मर्मविपरीत भएकोले निर्णय सच्याउन र ती कर्मचारीलाई अविमल्ब काम काजमा लगाउन हाम्रो संगठन जोडदार माग गर्दछ। ‘ ज्ञापन पत्रमा भनिएको छ। यसैगरी वार्थिंग सेन्टर जस्तो अति संवेदनशील क्षेत्र पहिचान नगरी सेन्टरमा वर्षौंदेखि कार्यरत अनुभवी,तालिमप्राप्त कर्मचारीलाई हटाउन न्यायोचित नभएको भन्दै कर्मचारी हटाउनु पर्ने कारण र पुष्टि गर्ने आधारहरु विभागीय रिपोर्ट सहितको विवरण पार्टीले गाउँपालिकासंग माग गरेको छ।

यसका साथै ९० प्रतिशत गरीब जनता रहेको गाउँपालिकामा गत आर्थिक वर्षसम्म अब्बल १२ दोयम १० सिम ८ चाहार ४ रुपयाँ निर्धारित भएको प्रति रोपनी मालपोत कर हालको नेतृत्वले जनताको ढाड सक्ने गरी यस आर्थिक वर्षदेखि लागु हुनेगरी वृद्धि गर्दै सबैलाई एकै प्रकृतिमा राखेर निर्धारण गरिएकोप्रति आपत्ति जनाउँदै एमालेले उक्त निर्णय फिर्ता लिनसमेत माग गरेको छ भने अनधिकृत रुपमा संचालित ढुंगा, बालुवाखानी,वासिङ्ग आदि बन्द गराई व्यवस्थित रुपमा दर्ता भएका खानी,वासिङ्ग मात्र संचालन गराउन पार्टीको माग छ। यसैगरी वर्षादको समयमा वडा जोद्न्र मूल सडक बन्द भएको अवस्थामा अविलम्ब सडक सुचारु गर्न प्राविधिक टोली र आवश्यक मेसिन राखी सडक संचालन गराई जनताको दैनिकी सहज बनाउन पार्टीले बुझाएको ध्यानाकर्षण सहितको ज्ञापनपत्रमा माग गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button