शिक्षा

हाम्रो विद्यालयमा बुक रिभ्यु सम्पन्न

ललितपुर –ललितपुर जिल्लाको चापागाउँ टाहाखेलमा रहेको हाम्रो विद्यालयले पुस्तक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

विभिन्न चरण पार गर्दै अन्तिम चरणमा छनोट भएका १० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।चारवटा विधामा अवार्ड हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक महेश कुँवरले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलदीप न्यौपानेले अध्ययन संस्कृतिले जो सुकैलाई पनि फाइदा पुग्ने भन्दै सबैलाई हरेकदिन अध्ययन गर्ने बानी बसाल्न अनुरोध गर्नुभयो।

अन्तिम चरणमा १० विद्यार्थीले हरेक १० वटा फरक फरक अंगे्रजी पुस्तकको समालोचना ,शिक्षा ,आफ्नो अनुभव, सिकाइ प्रस्तुत गरेका थिए। सिकाइ प्रस्तुत गरेका थिए।गोदावरी नगरपालिका वडा नम्बर १०का अध्यक्ष शेखर न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बोल्दै न्यौपानेले सिकाइ संस्कृति विस्तार गर्न आफूले आफ्नो कार्यकालको पहिलो निर्णय वडास्तरीय नमुना पुस्ताकालय स्थापना गर्ने घोषणा गरेकाले आफू त्यस तर्फ लाग्ने बताउनु भयो ।

साथै गोदावरी नगरपालिका भित्र एक समय सामुदायिक विद्यालयमा चुनौती देखि आएकोमा आगामी दिनमा संस्थागत विद्यालयले चुनौतीहरु खेप्नुपर्ने बताउनुभयो। विद्यालयका प्रधानाध्यापक महेश कुवँरले विद्यार्थीहरुलाई हाम्रो विद्यालयले फरक विषयमा फरक-फरक समयमा सिकाइ संस्कृतिलाई निरन्तरता दिएको बताउनुभयो। पुरस्कृत हुने तर्फ उत्कृष्ट प्रस्तुतिमा अनुष्का कुवँर,विषयवस्तुमा सुजनी राई, पावर पोइन्ट निर्माणमा यसस्वी न्यौपाने र स्पष्ट बोलाइमा आकृशु नगरकोटीलाई रहेका थिए ।विद्यालयका अतिरिक्त तथा सहक्रियाकलापले विद्यार्थीको सिकाइमा थप टेवा पुग्ने कार्यक्रममा सहभागी अभिभावक प्रतिक्रिया दिएका थिए ।

जनभावना क्याम्पस सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेल, लेखक तथा प्रशिक्षक नवराज सञ्जेल तथा अङ्ग्रेजी शिक्षक सञ्जय तिमल्सिनाले प्रतिस्पर्धाको निर्णय गर्नुभएको थियो ।ललितपुरको चापागाउँ टाहाखेलमा रहेको हाम्रो विद्यालयले आफूलाई पूर्ण विद्यालयको रूपमा प्रस्तुत गर्ने बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button