राजनीति

इकुडोल वडा अध्यक्षका लागि  तिमल्सिना माओबादी केन्द्रका बलियो दाबेदवार

नवराज कार्की, ललितपुर /स्थानिय चुनाव नजिकिदै गर्दा आफ्नो पार्टिबाट साझा उमेदवार टुङ्गो लगाउन यतिबेला मुलधारमा रहेका कांग्रेस एमाले माओबादी गृहकार्यमा जुटेको छन। आफुलाइ स्थानीय निकायमा उम्मेद्बारी दिन योग्य मसहुस गरि स्वैच्छिक आकङ्क्षिक हरु पनि धेरै रहेका छन।

बागमती गाउपालिका भित्र मुल त कांग्रेस एमाले भित्रै प्रतिस्पर्धा हुने देखिन्छ।पछिल्लो समय कांग्रेस माओबादी गठबन्धन हुने सम्भावना बढे संगै यतिबेला कांग्रेस कार्यकर्ता दुई धारमा बाडिएको छ। एक पक्ष गठबन्धन नगरी सिंगल प्रतिस्पर्धा गर्नु पर्छ भन्ने छन भने अर्का पक्ष पहिले जितिसकेको ठाउमा सिगंल प्रतिस्पर्धा गर्ने बाकी ठाउमा गठबन्धन गरेर जाने पक्षमा देखिन्छ्न।

उता माओबादी केन्द्र भने कुन तरिका बाट जान सकिन्छ भन्ने आधारको टुङो लगाउन सकिरहेको छैन।पछिल्लो समय MCC को कारणले बागमती गाउँपालिका भित्रका केही माओबादी कार्यकर्ता बिच्किए संगै गठबन्धन गर्दा राम्रै हुने तर्क राख्छ्न केही नेता तथा कार्यकर्ता।माओबादी केन्द्र भित्र छाएको अन्योलका बिच पनि आफू इकुडोलको वडा अध्यक्षको बलियो दाबेदारको रुपमा रहेको बताउछन नवराज तिमल्सिना ।

बागमती गाउपालिका-५ इकुडोलका माओबादी केन्द्र वडा उपाध्यक्ष समेत रहेका तिमल्सिना माओबादी बाट मात्र नभएर अन्य पार्टिको स्थानिय हरुले पनि तिमल्सिना लाई राम्रो दाबेदारको रुपमा हेरेका छन। इमान्दार कर्तब्यनिष्ठ र सहयोगी भावना भएको तिमल्सिना गठबन्धन भए पनि नभए पनि इकुडोलमा माओबादिले नै पासा पल्टाउन सक्ने आशय ब्यक्त गर्छन।

“भोट जनताले दिने हो, जनता को अगाडि गएर भोट माग्न सक्ने हैसियत मैले बनाएको छु” तिमल्सिना भन्छन। मैले आजको दिन सम्म आफ्नो गाउँ समाजमा मैले सकेको र मैले जानेको सहयोग गर्न पाउँदा म एक्दमै खुसी छु।आजको दिन सम्म मैले कुनै पर्टिगत कुरा वा पार्टी विशेष लाई प्रोत्साहन र दलिय विभेद गरिन सबै गाउँ समाजमा बस्ने राजनितिक सिद्धान्त फरक फरक भएका हरुलाइ पनि मैले आफ्नै सम्झेर सहयोग गरेको छु।चुनावी मैदानमा उत्रिरहदा जित हार हुनु स्वभाबिक हो,नतिजाले जे जस्तो मोड लिए पनि त्यहाका स्थानीय हरु प्रती मैले गर्ने साथ सहयोगमा कहिल्यै कमि आउन दिने छैन।

तिमल्सिना अगाडि भन्छन, म संग कस्ले प्रतिस्पर्धा गर्दैछ माहोल कस्तो हुन्छ आज भन्दा अगाडि के भयो भनेर म दलिय खण्डण गर्ने पक्षमा छैन।म के गर्न सक्छु र मैले गरेको काम प्रती स्थानिय जनताले बुझे मात्र भने पनि मेरो लागि जित बराबर हुने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button