चापागाउँमा सम्पन्न आँखा शिविरमा ६७५ जनाले लिए लाभ

ललितपुर ,गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको एकदिने आँखा शिविर सम्पन्न भएको छ।
ललितपुरको चापागाउँमा सम्पन्न शिविरमा ६७५ जनाले लाभ लिएको र उक्त कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा तथा गोदावरी नगरपालिका एवम् तुलसी मेहेर युनेस्को क्लबको सहकार्यमा सम्पन्न भएको संघका अध्यक्ष जगन्नाथ महर्जनले जानकारी दिनु भयो ।
शिविरले आँखा रोग सम्बन्धि डरलाग्दो तथ्यांक देखाएको छ।सहभागी मध्ये २७ जनामा मोतिविन्दु र ४० जनामा आँखामा मासु पलाएको पाइएको छ भने १७० जनालाई चस्मा लगाउन सिफारिस गरिएको छ।तिलगंगा आँखा अस्पतालले शल्यक्रिया निशुल्क गर्ने छ।
आजै संघको कार्यलयमा नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य क्लिनिक समेत उदघाटन भएको छ।स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंह तथा आँखा अस्पतालका सिओओ पिताम्वर अधिकारीले संयुक्त रुपमा क्लिनिकको उदघाटन गर्नु भएको संघका उपाध्यक्ष पिताम्वर सञ्जेलले जानकारी दिनुभयो ।