समाचार

काठमाण्डाैमा २४ सै घण्टा देउसीभैलाे खेल्नाेस्, सुरक्षा दिन तयार छाैँ :काठमाडौ प्रहरी प्रमुख

नेपाल प्रहरीले तिहारमा उचित सुरक्षा प्रबन्ध गरेको जनाएको छ । तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम, चोरी तथा लुटपाटजस्ता घटनाको सम्भावना बढी हुन्छ त्यस्ता ठाउँलाई मध्यनजर गरेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

उहाँले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको बताउँदै प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको बताउनुभयो । उहाँले सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको दाबी समेत गर्नुभयाे ।

यसअघि काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिएको बताउनु भएकाे भियाे । मेयर शाहकाे भनाइप्रति लक्षित गर्दै प्रहरी प्रमुख खत्रीले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानुनको शासन हुने देशमा कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताउनु भयो ।

उहाँले नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताउनु भयो ।

Related Articles

Back to top button