राजनीति

प्रतिनिधिसभा ललितपुर १ को लागि प्रमुख दावेदार लामाको राजनीति यात्रा

ललितपुर –मुलधारमा रहेका राजनीतिक दलहरुले आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्य हरुको लागि आफ्नो नाम सिफारिस गर्ने काम सम्पन्न गरेको छ। नेपाली कांग्रेस ललितपुरले आफ्नो तिन वटै क्षेत्र बाट संघ र प्रदेश सभा को लागि आकंक्षी उम्मेदवारको नाम सिफारिस गर्ने काम सम्पन्न गरेको हो।

यहि क्रममा नेपाली कांग्रेस क्षेत्र १ ले प्रतिनिधि सभा सदस्यको लागि ४ जनाको नाम सिफारिस गरेको छ। केन्द्रीय सदस्य तथा पुर्व अर्थराज्यमन्त्री उदय राणा,तामाङ संघका केन्द्रिय अध्यक्ष कवेल बाहादुर लामा ,माहाधिबेसन प्रतिनिधि मथुर घिमिरेको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ पुर्व क्षेत्रीय सभापति खोम प्रसाद घिमिरे रहेका छन।आकक्षी उम्मेदवार आ-आफ्नो ठाउमा बलियो रहेता पनि उदय राणा र कपिल बाहादुर लामा प्रमुख दावेदार रहेको देखिन्छ।

प्रतिनिधि सभा सदस्यको लागि दोश्रो नम्बरमा परेका कपिलबाहादुर लामा १ नं क्षेत्रको लागि परिचित नाम हो। पंचायत बहुदल प्रजातन लोकतन्त्र सबै काल समयमा राजनितीमा सक्रिय रुपमा लागि परेका नेताको रुपमा लामा लाई चिनिन्छ ।

ललितपुर जिल्ला बागमती गाउपालिका-४ प्युटारमा बि सं २०१३ सालमा जन्मनु भएका कपिल बाहादुर लामा विभिन्न कालखण्डमा दलिय परिवर्तनका लागि ललितपुरको दुर दराज बाट संगाठानिक रुपमा नेतृत्व गरेर नेपाली राजनितीलाई यो स्थान सम्म ल्याउन लामाको महत्त्व पुर्ण भुमिका रहेको छ।बि सं २०७० सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस क्षेत्र १ बाट समानुपातिक कोटा बाट १९००० मत लाएर कांग्रेस लाई जिताउन प्रमुख भुमिका निर्वाह गर्नु भएको थियो

बि सं २०३३ सालमा पंचायत ब्यबस्था रहदा २० बर्षकै उमेरमा गाउँफर्क अभियान बाट वडा अध्यक्ष बन्नु भएका लामा बि सं ०३९ मा प्रधान पंन्च उठदा १८ भोटले पराजित भएका थिए। बि सं ०४७/४८ तिर बाट पाटिको सकृय राजनिती बाट इकाइ सभापति भएका लामा नेपाली कांग्रेस प्रतिनिधित्व गर्दै बि सं ०४९ सालमा साबिक प्युटारको गा बि स अध्यक्ष  बिजयी भएका लामा पाटिको आठौ माहाधिबेसन बाट जिल्ला सदस्य,नवौ बाट माहाधिबेसन प्रतिनिधी , दसौ बाट क्षेत्रीय सभापति ,एघारौ उपसभापती बाह्रौं बाट माहासमिती सदस्य हुदा नेपाली कांग्रेसको भाद्री संगठन तामाङ संघका केन्द्रिय अध्यक्ष भइ तत्कालिन पाटी सभापति सुशील कोइरालाले आमन्त्रित केन्द्रिय सदस्य समेत मनोनित हुनु भएका लामा चौधौ माहाधिबेसन बाट भाद्री संगठन तस्माङ संघ बाट माहासमिती सदस्य हुनु भएको छ।

लामाले आफ्नो राजनिती यात्रामा दक्षिण भेगका जनता हरुलाइ आफुले सकेको बिकास निर्माण कार्यमा पनि त्यतिकै भुमिका निर्वाह गरेका छन ।लामाले ०३९ साल तिर गैसस संस्था CDHP को बिकास समिती अध्यक्ष भइ खानेपानी रसायनिक मल लगाएत अन्य कृषि सामग्री गाउँ गाउँमा बाडेका थिए।तत्कालिन आवास मन्त्री बल बाहादुर राई हुदा साबिक प्युटार ४ सिम्ले गाउको लागि साबिक इकुडोल चुवार खोला बाट खानेपानी ल्याउने कार्य सम्पन्न भएको थियो।

लामाको प्रत्यक्ष सहभागितामा बि सं ०६३/६४ मा बगुवा प्युटार हुँदै गिम्दी ठाटी भञ्ज्याङ् मोटरबाटो , बगुवा प्युटार जोड्ने खानिखोला पुल निर्माण साथै उक्त बाटो स्थर उन्नतीको निम्ति तत्कालिन समयमा करिब १७ करोड बजेट छुटिएको थियो।बि सं ०६५/६६ मा लामाको अग्रसरतामा कान्तिलोकपथ सडक खण्ड DPR समेत भएको थियो भने लामाले सोही बेला घ्याम्पे दह झोलुङ्गे पुल निर्माणको लागि पहल समेत गर्नु भएका थिए। लामाले तत्कालिन समयमा प्युटार माल्टा भट्टेडाडा भारदेउ ठुला दुर्लुङ लगाएतका बिधालय हरुमा शिक्षक दरबन्दी मिलाइदिने देखि बिधालयको भौतिक सुधार गर्ने कार्य लगाएत विभिन्न कार्यमा संमलग्न हुँदै आइरहनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button