स्वास्थ्य

जिल्ला अस्पतालको अव्यवस्थित सेवा

नवराज कार्की, ललितपुर – दक्षिण ललितपुरका तीन वटै गाउपालिका र गोदावरी नगरपालिका को अधिकांस बिरामी हरुको उपचार प्राय यहि अस्पतालमा हुने गर्छ।पछिल्लो समयमा जिल्ला अस्पतालको नामले परिचीत यो अस्पतालको ब्यबस्थापन पक्ष लाई हेर्न हो भने सामानय स्वास्थ चौकीको भन्दा फितलो देखिन्छ। जिल्ला अस्पतालमा हुनु पर्ने न्युनतम सेवा सुबिधाको त कुरै छोडौ नेपाल सरकारले नि सुल्क उपलब्ध गराउने औषधिको सुद्द ब्यब्यस्थापन गर्न सकेको छैन।

स्वास्थ संग जोडिएको संबेदनसिल बिषयमा हदै सम्मको लापरबाही सरसफाइमा देखिन्छ।उपचार कक्ष होस या नवजात सिशु स्याहार कक्ष सबै ठाउँ फोहोर देखिन्छ।हामिले किन एस्तो भयो भन्ने प्रश्न गर्दा बिहान सफा गरेका थियौ अहिले मुसाले फोहोर गर्यो भनने जस्ता गैर जिम्मेवार तरिकाको जावफ पाउँदा अस्पताल प्रसासन कुन तरिका बाट अगाडि बढिरहेको छ सहजै अनुमान गर्न सकिन्छ।

अस्पतालको सौचालय

जिल्ला अस्पतालको ट्याग लगाइएको बज्रबाराही अस्पतालको अर्क्रो अचम्मको कुरा भर्ना भएका बिरामी रातको समयामा सौचालय जानू पर्यो भने बत्तिको ब्यबस्था छैन।अस्पतालको सौचालयमा बत्ती समेत बल्दैन। त्यही बत्ती नबल्ने भएर होला सौचालय भित्रको फोहोर अस्पताल प्रसासनले देख्ने गरेको छैन।सौचालय भित्रको फोहोरका कारण इफ्केक्सन भइ रोग फैलन सक्छ भन्ने सम्म सोच्न सकेको छैन अस्पताल प्रसासन ।अस्पतालमा सौचालय बाल मैत्री अपाङ्ग मैत्री हुनु पर्ने हो।तर भएको सौचालय लाईब्यबस्थापन गर्न नसकेको बेला यी परको कुरा हो।

अस्पतालको बिरामी जाँच गर्ने स्थान देखि सौचालय मात्र होइन अस्पताल वरपर देखिएको फोहोर ब्यबस्थापन जति हुनु पर्ने हो त्यति नभएको प्रष्ट देखिन्छ। अस्पतालको फोहोर ब्यबस्थापन आफ्नो ठाउमा रहेको छ त्यो भन्दा महत्वपूर्ण कुरा बिजुली गएको बेला अस्पतालमा बिजुली बाट हुने काम सबै रोकिन्छ।एउटा मात्र भएको जेनेरेटर बिग्रेको र ब्याकाप सिस्टम नभएकाले आकस्मिक एक्सरे गर्नु पर्दा बिरामी घण्टौ सम्म कुर्नु पर्ने बाध्यता रहेको छ।

भौतिक संरचनाको अभावको कारणले समान हरु लथालिङ्ग भएको अस्पताल प्रसासनका हिरा कार्की बताउछन् ।देख्दा सामान्य लाग्ने समस्य हरु लाई बिस्तार सुधार्दै जान्छौ कार्की भन्छन।लाइनको समस्य,सरसफाइ कर्मचारी ब्यबस्थापन देखि हरेक कार्यहरु लाई प्रमुख प्राथमिकताको आधारमा राखेर काम गर्ने उहाले बताउनु भयो।नया भवन निर्माण हुँदै छ उक्त भवन निर्माण भैसकेपछी हाल लाई देखिएको समस्या हल हुने कार्किको को भनाइ थियो।

फोहोरले छोपिएको सामान

 

स्वास्थ जस्तो संबेदशिल क्षेत्रमा सरसफाइ लगाएत अन्य कुरामा ध्यान नजानु दुखको कुरा हो।अस्पताल ब्यबस्थापन समितिको नियमित अनुगमन देखि खटिएका कर्मचारीले तत्काल यो बिषयमा लाई टुङ्याउनु पर्ने देखिन्छ।माथी राखिएको केही तस्बिर सामाजिक संजाल बाट झिकिएको हो 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button