समाचारस्वास्थ्य

प्रदेश अस्पतालको कन्तबिजोग : न डाक्टर न उपचार

नवराज कार्की,ललितपुर  ,गोदावरी नगरपालिका ११ चापागाउँमा रहेको बज्रबाराही प्रदेश अस्पतालको ब्यबस्थापन पक्षको चरम लापरबाहीले कर्मचारी र सेवाग्राही आजित बनेका छन।

गोदावरी नगरपालिका,दक्षिण ललितपुरको तिनवटा गाउँपालिका र मकवानपुरका केही क्षेत्रहरु बाट उपचारका लागि आउने पहिलो अस्पतालनै बज्रबाराही अस्पताल हो।धेरै मान्छेको आशा अनि भरोसा बोकेको एस अस्पतालले दिने सेवा भने सामान्य क्लिनिक भन्दा तल्लो स्थरको छ।

सोचे जस्तो उपचार नभए पछि स्थानिय भन्छन “ढेवा पोष”के हो त बास्तबिकता यो अंकमा कलियुग न्युजले तयार पारेको केही तथ्य खुलाउने प्रयास गरेका छौ।

शुल्क छैन एकरुपता
यहाँ opd सेवाको लागि रु ५० मा टिकट काटिन्छ बिदाको समयमा भने१००/- रुपिया एमर्जिन्सी टिकेट दर रहेको छ त्यसैगरी हात काटेको ड्रेसिङ गरेको खुटा बिरामिको प्रकृति हेरि सुक्ल लिने गरेको छ।डक्टर शुल्क भनेर ४०० लिन्छन तर यो अस्पतालमा फुटपाथमा बेचिने तरकारी व्यापारिले आलु भ्याण्टा बेचे जस्तो मान्छे मोल मोलाइ गरेर शुल्क लिने गर्छन।डक्टर कोहि पनि भेटिदैन एउटा सामान्य xrey को ४०० देखि ६५० सम्म शुक्ल तिर्नु पर्छ।नागरिक बडा पत्रमा तोकिए बमोजिमको शुल्क भनिएको छ आधिकारिक शुल्क खुल्न सकेको छैन।

सुचना अधिकृतलाई थाहा छैन कर्मचारी विवरण
यहाँ डाक्टर नियुक्ती ६ जना छ्न । तर बिरामिले उपचार गराउन पर्दा घण्टौ कुर्नु पर्छ।न डाक्टर भेटिन्छ न स्टाफ नर्स।दरबन्दी प्रदेश बाट खटिएका ६ जना होलान आधिकारिक कति छ त्यो अस्पताल प्रसासन लाईनै थाहा छैन।नगर बाट तलब खाने र समिती बाट नियुक्ती लिनेको आधिकारिक विवरण सुचना अधिकृत लाई अत्तो पत्तो छैन।

श्रम सोषण अत्याधिक
नाम नबताउने सर्तमा एक कर्मचारी भन्छन ` मैले खाइ पाई आएको सेवा सुबिधा सबै कटौती भयो, दसै भत्ता सहित पाउन सकिन,मरि मरि काम गर्यो तलब आउदैन मेरो त तीन महिना रोकियो अरुको त १०/११ महिना भैसक्यो तलब लिन नपाएको ।बिना तलब समितिको हेपाइ सहेर बस्नु भन्दा कामै छोडेर हिडेको बेस ।
बज्रबाराही अस्पताल समिती चयन भएको ५ बर्ष भयो।यो समयमा एक पटक पनि बैठक बस्न सकेको छैन।बैठक बस्न नसक्दा करार कर्मचारी हरुले तलब बुझ्न नपाएको धेरै भैसकेको छ।तलबको लागि प्रसासन ले समिती र समितिकले प्रसासन देखाउने गरेको पाइएको छ।प्रदेश बाट दरबन्दी प्राप्त गरेका र अस्पताल बाट करार लिएकाले बेलाबखत तलब पाइरहेको छ भने समिती बाट नियुक्ती लिएकाले बर्ष कुर्नु पर्ने देखिन्छ।

अस्पताल प्रमुखको दोहोरो डिउटी
अस्पताल ब्यबस्थापन र प्रसासन बिचको सम्बन्ध सन्तोषजनक नभएको अस्पताल प्रसासन प्रमुख नवीन दंगाल बताउछन्। उनी अगाडि भन्छन अस्पतालमा के भैरहेको छ भन्नेकुराको थोरै मात्र हेक्का राखिदिए पनि हामी लाई काम गर्न सजिलो हुन्थ्यो।अध्यक्षकै कारण बाट करार कर्मचारीलाई तलब खुवाउन सकिरहेको छैन यो चै सत्य हो। दंगाल काठमाडौको टोखा नगरपालिकाको एक स्वास्थ संस्थामा नियुक्ती लिएर आएको कर्मचारी हुन।

प्रमुख दंगाल नेपाल सरकार बाट नियुक्ती पाएको कर्मचारी हुन ।प्रदेश सरकारले अनुमती दिएको भन्दै दुई ओटा स्वास्थ संस्थाको नेतृत्व गर्दै आइरहेका थिए तर कलियुग न्युज बाट रिपोटिङ गर्न थाले पछि उनी टोखा नगरपालिकाको सास्थ संस्थामा फिर्ता भएका छन।

अस्पतालको प्राइभेट जाँज
बज्रबाराही अस्पतालमा कुकुर बाँदर आदि बन्यजन्तुले टोकेको उपचार अस्पतालमै काम गर्ने डक्टरको क्लिनिकमा रेफर गर्ने गरेको प्रमाण कलियुगले फेला पारेको छ। नाम नबताउने सर्तमा अस्पताल नजिकै रहेको मेडिकलमा लागि ३५००/- तिराएर रेबिज को खोप लगाएको एक पिडित बताउछन् ।भने अर्का पिडितले पनि ३६००/- तिरेर सोहि क्लिनिकमा खोप लगाएको बताए।

भौतिक संरचना कामै नलाग्ने थोत्रो।
एस अस्पतालको हाल संचालन भैरहेको फार्मेसी  opd कक्ष मा पानी चुहिन्छ।बर्षातको बेला उपचार गर्न र फार्मेसिको औषधि जोगाउनै गारो हुने एक कर्मचारी बताउछन्।यो तत्काल ब्यबस्थापन गर्नु पर्ने समस्या हो तर समिती कानमा तेल हालेर बसेको छ उनी अगाडि बताउछन।

संचालक अध्यक्षनै सम्पर्कमा आउदैन।
कलियुग न्युजको यो फलोअप रिपोटिङ हो।यो भन्दा अगाडि हामिले अस्पतालको बेतिथी लेख्दै गर्दा पनि अस्पताल ब्यबस्थापन अध्यक्ष कृष्ण चन्द्र महर्जन सम्पर्कमा आएनन, कलियुग न्युजले धेरै पटक सम्पर्कमा ल्याउने प्रयास गर्दा पनि अध्यक्ष सम्पर्कमा आउन नचाए पछि हामिले मर्जनको बारेमा बुझ्ने प्रयास गरेउ।
महर्जन कांग्रेस निकट कार्यकर्ता हुन।उनी सहकारी संचालक देखि व्यापारी सम्म हुन।ललितपुर क्षेत्र १ सांमसद उदय राणा निकट ब्यक्तिको रुपमा महर्जन लाई हेरिन्छ।महर्जनले राजनिती आडको भरमा अस्पताल ध्वसत पारेको स्थानिय बताउछन।

त्यसो त महर्जनले राजनिती आड लिएर करार नियुक्ती कर्मचारीलाई तलब नदिइ श्रमसोषण  गरिरहेको अस्पताल कर्मचारी बताउछन।आफू अनुकुल कर्मचारी नियुक्ती गर्न मरिहत्ते गर्ने अध्यक्ष महर्जन लाई कांग्रेसको गतिलो संरक्षण भएको प्रस्ट देखिन्छ।

यो प्रदेश अस्पताल ललितपुर क्षेत्र १ प्रदेश “ख” का माननीय मीन कृष्ण महर्जनको घर बाट करिब १० मिटरको दुरिमा रहेको छ।प्रदेश अस्पताल निर्माणको लागि करोडौ बजेट छुटिएको सामाजिक संजालमा भाइरल हुन्छ।त्यही अस्पतालमा बिरामी घण्टौ कुरेर खाली हात फर्केको सामाजिक संजालमा कहिले भाइरल गर्ने माननीय ज्यु ?
फलो अप रिपोटिङ – २ छिट्टै आउने छ……..

Related Articles

Back to top button