ललितपुरका तीन स्थानीय तहमा स्काउट कार्यक्रम शुन्य

नवराज कार्की,ललितपुर – संघीय संरचना अनुसार नेपाल स्काउटले ७ सय ५३ वटै स्थानीय तहमा स्काउट बिस्तार गरेको करिब एक बर्ष बितिसकेको छ। संशोधित नयाँ ऐन अनुसार सात वटै प्रदेशमा कमिटी गठन गरेर प्रादेशीक रुप दिएको स्काउट सबै स्थानीय तहसम्म पुगेको छ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको नेपाल स्काउटको यसअघि जिल्ला तहसम्म मात्र संरचना रहेको थियो भने हाल प्रतेक स्थानीय तह माहानगर,नगर पालिका,गाउँपालिका सम्म पुग्नु सकारात्मक पक्ष हो। युवा तथा बालबालिकाको सर्वाङ्गीण विकासमा क्रियाशिल स्काउटले शारीरिक तथा साहसिक खेल गतिविधिमा समेत आफूलाई सक्रिय राख्दै आएकोमा दुई मत छैन।
जिल्ला बाट स्थानीय तह सम्म पुगेको स्काउटले काम चै के गरिरहेको छ भन्ने प्रश्न एतिबेला जनमानसमा उब्जिएको छ।करिब डेढ बर्ष अगाडि गठन भएका ललितपुरका स्थानीय तह अन्तर्गत स्काउट संयोजक हरुले हाल सम्म गरेको प्रगती विवरण हेर्ने हो भने शून्य अवस्थामा रहेको देखिन्छ।

ललितपुर जिल्लामा ६ स्थानीय तह मध्य माहानगरमा गोपाल महर्जन,दिपक अर्याल गोदावरी नगरपालिका,मुना खनाल माहालक्ष्मी नगरपालिका,मिलन तामाङ कोन्ज्योसोम गाउपालिका,बाबुलाल घलान बागमती गाउँपालिका ,कल्याण महत माहाङ्काल गाउँपालिका संयोजक तोकिएको थियो।एस मध्य गोदावरी नगर स्काउट संयोजक दिपक अर्यालले गोदावरी नगर भित्र केही स्काउट सुधार गरेको देखिन्छ भने माहानगर र माहालक्ष्मी नगरमा थोर बहुत भएता पनि दक्षिण ललितपुरका तीन वटा पालिकामा स्काउटको सक्रियता शून्य रहेको छ।
पालिका स्थरिय स्काउट गठन भएको डेढ बर्ष बितिसक्दा पनि काम गर्न किन नसकेको भन्ने प्रश्नमा बागमती गाउपालिका संयोजक बाबुलाल घलान बताउछन” हामी संयोजक भएर आए पछि जिल्ला स्काउटले तालिम दिन्छु भनेको थियो कोरोनाको कारण ले रोकियो।अहिले सम्म जिल्ला बाट एक कल फोन पनि आएको छैन” घलान अगाडि भन्छन “न पालिका बाट समन्वय भयो न जिल्ला बाट ” हामी काम गर्न तयार छौ तर कागजी रुपमा जिम्मेवार बनाइयो काम गर्ने वातावरण सिर्जना गर्न नस्क्नु जिल्ला स्काउट र स्थानीय सरकारको कमजोरी हो।
गोदावरी स्काउट संयोजक तथा पत्रकार दिपक अर्यालले स्थानीय तहमा स्काउट लाई परिचालन गर्न नसक्नु राजनिती हस्तक्षेप मुल कारण रहेको बताउछन्।एउटा दलले स्थानीय चुनाव जितेपछी अर्को दल संग आवद्द रहेकालाई काम गर्न नदिनु दुर्भाग्य पुर्ण हो ” अर्याल अगाडि थप्छन् ” सहरमा त काम गर्न सहज बाताबरण मिल्दैन भने भौगोलिक हिसाबले दुर्गम क्षेत्रमा राजनितीको जरो गाडिएको ठाउमा स्काउट बिस्तार गर्न त्यति सजिलो छैन, त्यस ठाउँको स्थानीय सरकारले राम्रो संयोजन गरिदिने मात्र हो भने पनि स्काउट अभियानले सार्थकता पाउन धेरै समय लाग्दैन।
प्रतेक स्थानीय तहमा स्काउट संचालन गरि स्काउटको सेवा जनता समक्ष पुर्याउन नस्कनु बिडम्बनाको कुरा हो।आवस्यक सहजीकरण स्थानीय सरकार बाट हुन जरुरी देखिन्छ भने स्काउट गतिबिधी जिल्ला बाट अनुगमन अपरिहार्य देखिछ।कागजी रुपमा संयोजक तोकेर औपचारिकता दिनु मात्र स्काउटको काम होइन।दिएको जिम्मेवारी लाई स्थानीय तहले कति सम्म न्याय गर्न सक्यो तेस्को लेखा जोखा राख्ने काम तत्काक संमबन्धित निकायले गर्नु पर्ने देखिन्छ।