ललितपुर १ (क) मा प्रभाकर थापाको चर्चा

ललितपुर,आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि यतिबेला प्रमुख राजनीतिक दलहरुले आ आफ्ना आकांक्षी उम्मेदवारको नाम मातहतका निर्वाचन क्षेत्रीय कमिटिबाट माथिल्लो कमिटीमा सिफारिस गरिसकेका छन्।
ललितपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा एमालेबाट एकल नाम नवराज सिलवाल सर्वसम्मत सिफारिस भएका छन।उता प्रदेश तर्फ भने बहुआकांक्षीको दावी परेपछि धेरै जनाको नाम सिफारिस भएको छ। प्रदेश क तर्फ पार्टी प्रदेश कमिटि सचिवालय सदस्य मधुसुदन पौडेल, प्रदेश कमिटि सदस्यहरु रामकृष्ण हुमागाईं, रामचन्द्र दाहाल, जिल्ला कमिटि सदस्य रमेशचन्द्र घिमिरे देखि गोदावरी नगर कमिटि अध्यक्ष प्रभाकर थापासम्मको आकांक्षीको रुपमा नाम सिफारिस भएको छ।
यसैबीच क प्रदेशका अर्का आकांक्षी हुन नेकपा एमालेको गोदावरी नगर कमिटिका अध्यक्ष प्रभाकर थापा । आम युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका थापा युवाको माग र चाहनालाई प्रतिनिधित्त्व गर्दै नौलो मिसन र भिजनका साथ् उम्मेदवारी सिफारिस गराएको दावी गर्छन। गोदावरी नगरपालिका १३ का वासिन्दा रहेका थापा विद्यार्थी संगठन अनेरास्वयु मार्फत राजनीतिक फाँटमा उदायका हुन्।
२०५१ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटिबाट संगठित हुँदै संगठनको केन्द्रिय कमिटीसम्म काम गरेको अनुभव थापासंग छ। यसैगरी नेकपा एमालेको पनि गाउँकमिटि, इलाका कमिटि, क्षेत्रीय कमिटि र जिल्ला कमिटि सम्म उनले काम गरेर पार्टी राजनीतिमा अब्बलता प्रस्तुत गरेको दावी गर्छन। २०७३ मा भएको ललितपुर एक नं पार्टीको क्षेत्रीय अधिवेशन बाट क्षेत्रीय कमिटिको अध्यक्ष बनेका थापा २०७४ मा एमाले माओवादी एकीकृत भएर बाम गठबन्धन बनेपछि भएको संसदीय निर्वाचनको समयमा निर्वाचन परिचालन क्षेत्रीय कमिटिको सहसंयोजक भएर काम गरेका थिए। यसैगरी २०७८ मा भएको पार्टीको नगर अधिवेशनबाट उनी गोदावरी नगर कमिटिको अध्यक्ष बनेका हुन्। पार्टी संगठन सुदृढीकरण मा आफ्नो भूमिका पुराना पुस्ताका नेताको भन्दा नयन र फरक भएको उनको दावी छ।
आफूलाई पार्टीले टिकट दिएर संसद निर्वाचित हुनसके आफ्नो क्षेत्रको विकास निर्माण र जनताका सुखदुखका सवालमा नौलो दृष्टिकोण सहित अघि बढ्ने आफ्नो योजना रहेको थापाले बताए। पछील्लो समय पुराना पुस्ताका नेताहरुप्रति जनतामा निराशा उत्पन्न हुँदै गएको अवस्थामा सबैको भावनालाई अघि बढाउन सक्ने नयाँ र फ्रेस युवा नेताको हैसियतमा प्रभाकर थापा आउन सक्ने एमाले समर्थित आम युवा तथा कार्यकर्ता बताउछन।