समाचार

एक लाख २५ हजार घुससहित भद्रपुरका नापी सर्वेक्षक र बिचौलिया पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख २५ हजार रुपैयाँ घुस लिएको आरोपमा नापी सर्वेक्षक र एक बिचौलियालाई नियन्त्रणमा लिएको छ।

नापी कार्यालय भद्रपुरका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुस लिइसकेको अवस्थामा सोमबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Related Articles

Back to top button