समाचारस्वास्थ्य

वीर अस्पतालमा २६१ जना जनशक्ति थप गर्दैछौं : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ ।

सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताउनुभयो ।सचिव गुरागाईंले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताउनुभयो ।

उहाँले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएको बारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको बताउनुभयो ।

Related Articles

Back to top button