राजनीति

एउटै भूगोलको लाई संघ र प्रदेशमा टिकेट दिए एमालेभित्र बिद्रोह हुन सक्छ

ललितपुर ,प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समय आउन अब दुई महिनाभन्दा कम समय बाँकी छ । निर्वाचन आयोगले दल तथा उम्मेदवारहरुको लागि आगामी असोज २३ गतेका लागि उम्मेदवार दर्ताको लागि समय तोकेको छ ।

मुलधारमा रहेका दल हरुले आसन्न निर्वाचनको लागि आफ्नो आकाङ्क्षी हरुको उम्मेदवार टुङो लगाउने प्रक्रियामा रहेका छन।यहि क्रममा ललितपुर एमालेले पनि आफ्नो आकाङ्क्षी हरुको नाम सार्वजनिक गरिसकेको अवस्था छ।ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यको लागि नवराज सिलवालको एकल नाम सिफारिस भएको छ भने प्रदेस क तर्फबाट मधुसुधन पौड्यल , राम कृष्ण हुमागाइ कृष्ण प्रसाद सापकोटा राम चन्द्र दहाल साथै प्रभाकर थापाको नाम चर्चामा आएको छ।उता प्रदेस `ख´ बाट भने चेतनाथ संजेलनै हुने पक्का पक्की देखिएको छ।

बाग्मती प्रदेश सभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट पुराना राजनीतिकर्मी तथा सहकारीकर्मी कृष्णप्रसाद सापकोटा बलियो दावेदारको रुपमा देखिएको छ।२०४० सालदेखि पार्टीको प्रारम्भिक कमिटीमा आबद्ध रहेर भूमिगत समेत हुँदै जिल्ला कमिटि सचिवालय सदस्य सम्म पुग्दा राजनीतिक र सामाजिक रुपमा राम्रो योगदान गरेको ब्यक्तिको रुपमा हेर्ने गरेको छ।सापकोटा भन्छन एतिबेला हरेक ठाउमा युवाहरुको खोजी भाइरहेको छ,संगठनले एतिबेला युवा तथा फ्रेस अनुहार हरुलाइ टिकेट दिन कन्जुस्याइँ गर्यो भने संगठन लाई ठूलो घाटा हुने बताउछन।अगाडि थप्छन दुई दुई चोटि संघको टिकेट पाइसकेका मधुसूदन पौड्याल जस्तो नेताले एक स्टेप तल झरेर प्रदेशमा दाबी राख्नुले युवा हरुलाइ पछाडी धकेल्नु सिवाय अरु केही गर्न नसक्ने  बताउनु भयो। एउटै भूगोलको लाई संघ र प्रदेशमा टिकेट दिए एमालेभित्र क प्रदेशमा विद्रोह हुन सक्छ सापकोटा भन्छन्, जित्न सक्ने र अरु भन्दा किसान मजदुर को हितको लागि धेरै काम गर्न सक्ने म बाहेक अरु हुन सक्दैन।

एक जिल्ला कमिटी सदस्यले भन्छन,” टेस्टेड र अवसरको लागि विभिन्न पार्टी चाहार्दै हिँड्ने दावेदार रहेका हरु एमाले भित्र रुचाईएका व्यक्ती होइनन। राम्रा र निरन्तर पार्टी र संगठनमा काम गरेको व्यक्तिलाई पार्टीले टिकट दिन्छ कि यस्तै अवसरवादीलाई दिन्छ, त्यो हेर्न बाँकी छ । जनता र पार्टीले नरुचाएका व्यक्तिलाई दियो भने विद्रोह हुन्छ र जित्ने पक्का भएको उक्त क्षेत्र पनि गुम्ने खतरा हुन्छ।

कोञ्ज्योसोम गाउँपालिका १ चौघरेमा जन्मिएका सापकोटा किसान आन्दोलन र मजदुर आन्दोलनको लागि समेत २०४७ सालदेखि निरन्तर लागि परेका ब्यक्ति हुन। किसान र मजदुरको पक्षमा रहेको उनको भनाई छ। निर्वाचनमा टिकट पाएर जित्न सके मिसान मजदुरको हित र उत्थानको लागि प्रत्यक्ष ग्रामीण क्षेत्रका जनतासंग जोडिएर काम गर्न सक्ने उनले बताए। ‘ बोल्ने मात्र होइन, मैले अवसर पाए आफ्नो क्षेत्रका न्यूनवर्गीय किसानको मुहार फेर्ने लक्ष्य र त्यस किसिमको भिजन म सँग छ। ‘ सापकोटा भन्छन,’ अहिलेसम्मको अवस्था र व्यवस्था पनि हामीले नै आन्दोलन र पहरेदारी गरेर ल्याएका हौँ, हिजो कुनै पदमा नहुँदा पनि जिल्ला विकास समिति, तत्कालीन गाविस तथा गाउँपालिका संगको समन्वयमा आम किसान र जनताका पक्षमा काम गरेकै छु, अवसर र थप काम गर्ने जिम्मेवारी पाए त झन् धेरै गर्न सक्छु। पूर्वाधारको क्षेत्रमा पनि मसंग धेरै आईडिया छ, अरुको तुलनामा मैले धेरै गर्न सक्छु। अधिकांश ग्रामीण पहाडी क्षेत्र रहेको क्षेत्रमा म त्यही भूगोलको भएको हुँदा निरन्तर जनताको दुखसुखमा साथ रहेको ले अन्य व्यक्तिको तुलनामा मेरो प्रभाव राम्रो छ।’

यसैगरी केही महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका अन्य तहहरुमा पार्टीले अनपेक्षित पराजय भोगिरहँदा आफ्नो नेतृत्वमा रहेको पार्टी टीमले कोञ्ज्योसोम गाउँपालिका अध्यक्षमा निर्वाचन जिताएकोले अब आफ्नो मुल्यांकन हुनुपर्ने उनको भनाई छ। कोञ्ज्योसोममा ५ वर्ष अघि भएको पार्टीको नराम्रो पराजय र त्यसपछि पार्टी कमिटि तथा कार्यकर्ता र संगठन शुन्यप्राय भएको तथा कोञ्ज्योसोम मा एमालेको कृष्णप्रसाद सापकोटा मात्र भएको अवस्थामा कति पनि नआत्तिई पार्टी र संगठन सुदृढीकरणमा निरन्तर लागेर पाँच वर्षभित्र कुशलतापूर्वक ढंगले आफ्नो गाउँपालिकामा पार्टी जिताउन सफल भएको उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button