समाचार

अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइयाे

गत शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल कार्यालयभित्र अध्यागमन विभागका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई हटाइएको छ।

आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ भेट्न गुगेका कर्मचारी संगठनका नेताहरूलाई गृहमन्त्री श्रेष्ठले यसबारे जानकारी दिएका हुन्। विमानस्थल अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई उनीहरूले दिएका थिए।

कर्मचारी संगठनका नेताहरूसँगकाे छलफलमा गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र विमानस्थल घटना छानबिन समितिको संयोजक एवम गृहका सहसचिव थानेश्वर गौतम सहभागी  थिए।

 

Related Articles

Back to top button