मनोरञ्जन

बिलीनको भुल सार्वजनिक

ललितपुर –दशैको फुलपालीको अवसर पारेर एउटा भिन्न किसिमको सन्देश मुलक गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भुल नामक उक्त गीतको शब्द स्वर र संगीत उत्तम कसजुको रहेको छ । सजन श्रेष्ठले गितारमा,बेस गितारमा आकाश कालीराज तेसै गरि ड्रममा भने सन्देश प्रधान र पार्श्व स्वर र लिड गितारमा दिवस कसजु र बिक्रम शाहिले साथ दिएका छ्न।

बिलीन बुटवलको चर्चित साङ्गितिक ब्याण्ड हो । सन् २००२ मै स्थापित साङ्गितक समूह बिस्तारै देश र बिदेशमा समेत दर्शक र श्रोतालाई तानिरहेका बिलीनले यस अघि नै कयौं साङ्गितिक प्रस्तुति दिइसकेका छन् । बिलीन नामक आफ्नै अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको उक्त गीतमा नेपाली समाज यस वरिपरि घटिरहेको घटना महिला अनि एसिड प्रहार र तेस पछिको समयको वरिपरि मन छुने गरि गीत घुमेको देखिन्छ।

गीत सेमी रक शैलीमा भए पनि आफ्नो मौलिकता यर्थात परक र सामाजिक परिवेशलाई समेटेर दशैमा आफ्ना दर्शक र श्रोतालाई शुभकामना सहित कोशेलीको रुपमा आफ्नो गीत पस्केको ब्याण्डका गितारिष्ट दिवस कसजुले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button