राजनीतिसमाचार

ललितपुर एकमा गठबन्धनको जित सुनिश्चित

ललितपुर ,आगामी मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दल हरुले उम्मेदवारी मनोनयन गरे संगै चुनावी सरगर्मी बढन थालेको छ।

ललितपुर क्षेत्र एकमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थ राज्यमन्त्री उदय समशेर राणाले मनोनयन दर्ता गराउनु भएको छ भने सोही क्षेत्रको प्रदेश क मा माओबादी केन्द्रका पोलिट ब्युरो सदस्य हरि दहाल ललित र प्रदेश ख अन्तर्गत मीन कृष्ण मर्जनले उम्मेदवारी दिएका छन।

दोश्रो संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट बिजयी हासिल गरेका राणा त्यस भेगको लागि मात्र नभएर कांग्रेस बृतमा रुचाइएको युवा नेताको रुपमा चिनिन्छ।सोही क्षेत्र बाट निर्वाचित भएर अर्थ राज्यमन्त्री सम्म भएका राणाले कर्णाली भनेर चिनिने ललितपुरको क्षेत्र-१ को लागि बिकास निर्माणको कार्यदेखी हरेक क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आउनु भएको छ। ०७२ को बिनासकारी भुकम्प होस या कोरोनाको कहर प्रतेक जनताको घरदैलोमा पुगि सहयोग गर्ने राणाले दक्षिण भेगमा शिक्षा, स्वास्थ , सडक , खानेपानी लगाएत अन्य धेरै कुराको समस्या हरुलाइ सहज पारिदिएका छन।

त्यसै गरि प्रदेस तर्फका अर्का बलियो उम्मेदवार हुन मीन कृष्ण महर्जन खेल जीवन बाट राजनितिमा लागेका नेता महर्जन  कार्यकर्ता माझ लोकप्रीय छन। दुखी असाहय हरुको सारथि बन्दै आएका महर्जन कोरोना कहरको बेला धेरै दुखी असाहय हरुको पिडामा मलम लगाउदै आउनु भएको थियो। दक्षिण भेगाका हरेक युवाहरुको रोजाइ रहेका महर्जनलाई कर्याकर्ता संरक्षण गर्न सक्ने कुशल नेताको रुपमा हेरिन्छ।त्यसैगरी माओवादी केन्द्रबाट प्रदेस क मा उम्मेदवार रहेका हरि दहाल पनि लोकप्रिय नेताको रुपमा लिन सकिन्छ।देसको सासनसत्ता परिवर्तनको निमित्त अग्रणी भुमिकामा रहेका दहालले परिवर्तनको लागि सर्वस्व सुम्पिएका त्यागी नेताको रुपमा लिन सकिन्छ।

गएको स्थानिय निर्वाचन लाई आधार मानेर हेर्ने हो भने ललितपुर क्षेत्र १ मा गठबन्धन दरिलो भएको प्रस्ट देखिन्छ। गोदावरी नगरपालिका,माहाङ्काल गाउपालिका,बागमती गाउपालिका र कोन्ज्योसोम गाउपालिकामा नेपाली कांग्रेस र गठबन्धन टिमले ९०% भन्दा बढी सिट जित्न सफल भएको क्षेत्रमा संघ र प्रदेश सहज रुपमा बिजयी हुनेमा आम कार्यकर्ता ढुक्क रहेका छन।

काम गर्न लाई चुनावनै जित्नु पर्छ भन्ने मान्यता लाई पछि पार्दै काम गर्ने इच्छा शक्ति भयो भने जस्तो सुकै परिस्थितिमा पनि जनता माझ जान सकिन्छ र बिकास गर्न सकिन्छ भन्ने आधारको गतिलो प्रमाण बोकेर चुनावी मैदानमा होमिएका उम्मेदवार लाई यो पटक क्षेत्र एकका जनताले न्याय गर्नेमा दुई मत छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button