पुरुष खुल्ला तौल समूहमा त्रिभुवन आर्मिका विनयले पाए स्वर्णपदक

ललितपुर –असोज २८ गतेदेखि जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष खुल्ला तौल समूहमा त्रिभुवन आर्मी क्लव बाट प्रतिनिधित्त्व गरेका ललितपुरका विनय सिंहले विजय हासिल गरी स्वर्ण पदक जित्न सफल भएका छन्। फुलकन्ट्याक्ट कराते अन्तर्गत शनिबार सम्पन्न खेलमा चर्चित प्रतिद्वन्दी रुपक नेपालीलाई पराजित गर्दै स्वर्णपदक हात पार्न सफल भएका हुन् ।
क्याेकुशिन काइकान संघ नेपाल को होनहार तथा मेहनती खेलाडी सिंहले स्वर्णपदक हात पारेपछि राष्ट्रिय खेलाडी को लिस्टमा नाम लेखाउन सक्षम भएकोभन्दै आइकेओ क्योकुशिन काइकान संघ नेपालका ब्रान्चचिफ कान्छालाल वाईवा , संघका कार्यवाहक अध्यक्ष रमेश तामाङ्ग तथा अन्य राष्ट्रिय अन्तराष्ट्रिय खेलप्रेमीहरुले खुसी व्यक्त गर्दै बधाई दिईरहेका छन्। यसैगरी महिला ५५ केजी तौल समुहमा पनि उत्कृष्ठ प्रदर्शन गर्दै करातेकी चेली नखिपोट डोजोकी रोहिणी कस्ती सेमिफाईनलमा सम्म पुग्न सफल भएकी थिईन ।
प्रतियोगितालाई सफल बनाउनका लागि प्रशिक्षकहरु दिपक लामा,बद्री थापामगर तथा निर्णायक हरु समिर श्रेष्ठ, राज कुचीकार,दिपेन्द्र नेपाली र रचना लामाले संघको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेका संघका कार्यवाहाक अध्यक्ष रमेश तामाङ्गले जानकारी दिएका छन्।उक्त प्रतियोगिता फुलकन्ट्याक्ट करातेका प्रमुख प्रशिक्षक प्रेमनाथ श्रेष्ठको संयोजकत्त्व र सहायक प्रशिक्षक काजीमान श्रेष्ठको नेतृत्वमा मैत्रीपूर्ण र हर्षोल्लासका साथ् सम्पन्न भएको बताईएको छ।