समाचार

सुदुर ललितपुरको आवाज सिंहदरबारले कहिले सुन्ने

नवराज कार्की,ललितपुर –संघ प्रदेश निर्वाचन आउन करिब एक महिना मात्र बाकी छ।आ-आफ्नो निर्वाचन क्षेत्रमा दलहरुले पठाएको उम्मेदवार चुनाव प्रचार प्रसार गर्न र माहोल आफ्नो पक्षमा पार्न हरदम प्रयत्न रत छन। चुनावी माहोल तातिए संगै ललितपुर क्षेत्र एक पनि चर्चामा आउने गर्छ। राजधानीको दोश्रो कर्णाली भनेर चिनिने गरेको एक नं क्षेत्रको आवाज लाई अहिलेसम्म सिहदरबारले सुन्न सकेको छैन भनेर भन्दा गलत नहोला।

तुलनात्मक हिसाबले हिजोका दिनमा भन्दा आज दक्षिण ललितपुरको मुहार थोरै भएपनी फेरिएको छ। बिकास निर्माणका कार्यहरु नभएको भने हुँदै होइनन् , ती भएका र बनिएका पुर्वधार हरुले दिगो पाउन नसकेको कुरालाई नकार्न सकिदैन। हेर्दा सामान्य लाग्ने तर जनतालाइ प्रत्यक्ष असर पारिरहेको कुराको सम्बोधन अझै हुन सकेको छैन।

बिकासका लागि पहिलो पुर्वाधार भनेकै सडक मार्ग(यातायात)हो। देश संघीयतामा गएसंगै स्थानीय सरकार बनेपछी ग्रामीण भेगमा रहेका अधिकांस बस्ती हरुमा मोटर बाटो पुगेको छ तर बिडम्बना आंगनमा बाटो भएतापनी आफुले उत्पादन गरेका तरकारी दूध लगाएत अन्य सामग्री बिक्री गर्न ३ घण्टा पैदल हिडन पर्ने अवस्था अझै सुल्झिएको छैन।भौगोलिक हिसाबले ठगिएका हाम्रो क्षेत्र भनेर मन बुझाउन बाध्य स्थानीय जनतलाइ के थाहा बिकसित मुलुकहरूमा समुन्द्र मुनि सुन्दर बस्ती बसाउन सक्छ्न,छिमेकि देस चिनले अनकन्टार भिरमा बस्ती बसाएका छन,हामी जमिन माथी भएको सडकलाइ ब्यबस्थित गर्न नसक्दा भुगोल लाई दोष दिएर बसेका छौ भनेर! राज्यको पहिलो प्राथमिकतामा रहेको कान्तिलोकपथ सडक ०१३ सालमा निर्माण सुरु भए पनि अझै पूरा हुन सकेको छैन।जम्मा जम्मी ९० किलोमिटर रहेको यो सडक ६० बर्ष पुग्दा पनि दोहोरो सञ्चालनमा आउन नसक्नु दुर्भाग्य पुर्ण हो ।कान्तिलोकपथ होस या कोन्ज्योसोम हुँदै कालेश्वर पुग्ने भारदेउ सडकखण्ड ,भित्री सडक मार्ग एसको स्थरउन्नति नहुदा बर्षा यामको बेला स्थानीय हरुले सास्थी भोग्नु परिरहेको छ।

स्वास्थ क्षेत्रको अवस्था हेर्ने हो भने नेपाल सरकारले निशुल्क बितरण गर्ने औषधि त परै जावस सामान्य प्राथमिक उपचार सम्म नपाउने अवस्था रहेको छ। करोडौ लगानी गरेर बनाइएका सुबिधा सम्पन्न भनेर प्रचार बाजि गरिन्छ तर एक प्याकेट सिटामोल खान राजधानी धाउनु परेको हाम्रो आँखाले देखेका छौ भोगेका छौ।साच्चै भन्नू पर्दा बर्षायामको बेला दुर्घटना घाइते बिरामी भैहाल्यो भने मर्नु बाहेक अरु बिकल्प त्यस ठाउको जनतको छैन।

बागमती गाउपालिका-५ इकुडोल ( माझखण्ड) मा रहेको सारदा शिक्षा सदनमा भौतिक संरचना नबन्दा बर्षातको समयमा भिजेर पढिरेको दृश्य होस या सुबिधा सम्पन्न भौतिक संरचनामा भित्र तीन जना विद्यार्थी लाई पढाइरहेको दृश्य!भौतिक सुबिधा उपलब्ध भएपनी शैक्षिक गुणस्तर अझै सुध्रिन सकेको छैन।सिधा अर्थमा भन्नू पर्दा बेकामका कार्यकर्ता भर्ती केन्द्रको रुपमा शैक्षिक संस्था प्रयोग गरिदा स्थानिय आफ्नो बलबच्चा सहर ल्याएर पढाउनु परेको बाध्यात्मक अवस्था जगजाहेर नै छ।

ग्रामीण विद्युतलाई ब्यबस्थित गर्न नसक्दा प्रतेक बर्ष करेन्ट लागेर ज्यान गुमाएका समाचार हामिले पढिरहेका छौ।खानेपानीको अभाव होस या सिचाइ सुबिधा अझै पुर्ण हुन सकेको छैन।ग्रामिण संचार लाई हेर्ने हो भने केही ठाउमा ईन्टरनेटको पहुच पुगेको छ तर बागमतिको गिम्दिमा मोबाइलको नेटवोर्कले कामै गर्दैन।दक्षिण भेगमा आन्तरिक वा बार्ह्य पर्यटकिय गन्तव्य बनाउने ठाउँ धेरै छन।माहाङ्कालको बैतर्णी धाम होस या भट्टेडाडाको राडर विकसित भैरहदा अधिकंस पर्यटकीय स्थलहरुको पहिचान हुन सकेको छैन।

यो तीस बर्षमा २६ बर्ष कम्युनिस्टले र ४ बर्ष कांग्रेसले एक नम्बर क्षेत्रको प्रतिनिधित्व गरेर सांसद बने। दक्षिण ललितपुरको लागि कस्ले के गरे गरेनन भन्दा पनि यहाँको आवाज सिंहदरबार भित्र पुर्याउने काम गरेकी गरेनन भन्ने महत्वपूर्ण कुरा हो।

एसपटक पनि नेपाली कांग्रेस बाट उदय सम्सेर राणा नेकपा एमाले बाट नवराज सिलवाल प्रमुख उम्मेदवारको रुपमा रहेका छन। उम्मेदवारको अनुहार नयाँ होस या पुरानो त्यस्ले कुनै फरक पर्दैन, काम गर्ने इच्छा शक्ति र माथी लेखिएको कुरा हरुलाइ सिंहदरबार भित्र पुर्याइदिए मात्र पनि तपाइहरुको जितले सार्थकता पाउने छ।
तस्बिर : आम नेपाली बाट

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button