राजनीति

ललितपुर एकमा उदय शमसेरको चुनावी एजेण्डा-सडक मार्ग देखि खानेपानी हुँदै आधुनिक कृषि सम्म

ललितपुर – मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरु घर दैलो अभियानमा ब्यस्थ देखिन्छ्न।राजधानी बाट नजिक रहेको ललितपुर एकमा पनि चुनावी सरगर्मी बढिरहेको छ।थोरै भाग सहरी क्षेत्र भएपनी ललितपुर एकको अधिकांस भु भाग ग्रामिण क्षेत्रमा रहेको हुदा

ललितपुरको क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धीका रुपमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उदयशमशेर राणा र नेकपा एमालेका नवराज सिलवाल मैदानमा उत्रिएका छन। उनीहरुले बजारी क्षेत्र भन्दा ललितपुरका विकट साथै काँठ क्षेत्रमा चुनावी अभियानलाई तीव्र पारेका छन् । राणा ‘समुन्नत ललितपुर’ को प्रष्ट खाका लिएर मैदानमा छन् भने सिलवालले ‘समृद्ध ललितपुर’ को मुद्दा अघि सारेका छन् ।

सत्तारुढ गठबन्धनको बलियो उपस्थितिसहित राणाले माओवादी केन्द्रका हरि दाहाललाई प्रदेश सभा (क) बाट र कांग्रेसका मीनकृष्ण महर्जनलाई प्रदेश सभा (ख) मा साथ लिएर चुनावी घरदैलोलाई तीव्र पारेका हुन् । २०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका राणा अर्थ राज्यमन्त्रीसम्म बनेका थिए । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सिलवालसँग पराजित भएका राणा यसपालि उनै सिलवाललाई बदला लिने कसरतमा छन् । राणा चौथो पटक चुनाव भिड्दै छन् भने सिलवाल दोस्रो पटक मैदानमा छन् ।

ललितपुर १ मा २०७४ सालको चुनावी समीकरण र २०७९ को समीकरण ठ्याक्कै विपरीत छ । अघिल्लो चुनावमा नेकपा माओवादी केन्द्रको साथ पाएका सिलवालले ६,२२२ मतले राणालाई हराए । तर यसपटक कांग्रेसलाई माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको साथ छ । सो हिसाबले यसपालि राणा बलियो उम्मेदवारका रुपमा देखिएका छन् । मतदाताहरुले राणाको सोझै पल्लाभारी हुने अनुमान गरेका छन् । किनकि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको परिणाम हेर्दा पनि गठबन्धनको मत बलियो छ ।

गोदावरी नगरपालिका, महाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका समेटिएको उक्त निर्वाचन क्षेत्रमा पर्ने ३० वटा वडामध्ये कांग्रेसले २२, माओवादीले ५ र एमालेले तीन वटा वडामा वडाध्यक्ष पदमा जितेको छ ।३० वटा वडामा गठबन्धनमा आबद्ध दलहरुले पाएको मतान्तर हेर्ने हो भने राणाको विजय निश्चित छ । किनकि सबै वडाको मतमा कांग्रेस अग्रस्थानमा छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २३ हजार ८५४ मत, एमाले वडाध्यक्ष उम्मेदवारले १८ हजार ९९३ मत, माओवादी केन्द्रका उम्मेदवारले ६ हजार १३३, राप्रपाको १ हजार ७५७ मत पाएको देखिन्छ । एकीकृत समाजवादी, स्वतन्त्र लगायत साना दलका वडाध्यक्ष उम्मेदवारले २ हजार ५०० सय मत कटाएका छन् ।स्थानीय निर्वाचनको मत परिणाम लाई हेर्ने हो भने गठबन्धनको मात्र मत २९ हजार ९८७ मत हुँदा एमाले लगभग १० हजार मतले पछाडि देखिन्छ।

२०७४ सालमा आफूलाई पराजित गरेका सिलवालले क्षेत्रमा केही काम नगरेको आरोप लागेपछि राणाले महत्वाकांक्षी योजनाहरु अघि सारेका छन् । राणाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन्।उनले सबै वडामा खानेपानी सुविधा विस्तार गर्न दिगो योजना नै बनाएर अघि बढेको दाबी गरेका छन् । त्यस्तै पर्यटकीय क्षेत्रको विकास र आधुनिक कृषि उत्पादनलाई महत्वपूर्ण योजना ल्याउने बाचा गरेका छन् ।

मैंले चुनाव जित्दा वा हार्दा होस् निरन्तर काम गरेको छु । जनताको माझ पुगिरहेको छु । मेरो योजना समुन्नत ललितपुर बनाउने हो । भ्रष्टाचार न्यूनीकरण गर्दै पारदर्शी ढंगले जनताका आकांक्षाहरुलाई पूरा गर्ने इच्छा हो’, उनले भने, ‘अघिल्लो पटक केही बाहिरी असहयोग र प्रतिस्पर्धी उम्मेदवारलाई सेलिब्रेटीको हल्ला चलाएर मलाई हराइयो । म जित्ने उम्मेदवार हुँ । यस पटक सबै मतदाताले माया गर्नुहुनेछ। मेरो क्षेत्रमा भौतिक पूर्वाधारको विकास चाहिएको छ । जनतालाई सुख दुःखमा साथ चाहिएको छ । कोरोनाको महामारीका बेला मैले गरेको सहयोग अहिले मतदाताले सम्झिरहनु भएको छ । ०७० सालदेखि यता मेरो कार्यकालमा जति यो क्षेत्रको विकास कहिल्यै भएको छैन । मेरो एक पटकको पहलमा आएका विकास कार्यक्रमहरू एमालेको चार वटै कार्यकालको भन्दा धेरै छ । यी सबै पृष्ठभूमिहरु हेर्दा मेरो जित निश्चित भएको राणा बताउछन।

राणाका मुख्य प्रतिस्पर्धी मानिएका पूर्व प्रहरी प्रशासक (डीआईजी) नवराज सिलवाले पाँच वर्षको कार्यकालमा देखिनेगरी कुनै योजना नभित्रिएको स्थानीयहरु बताउछन् । सिलवालले पाँच वर्षको अवधिमा सिक्ने मात्र गरेको, संसदमा चर्को बोलेर सेलिब्रेटी मात्र बन्न खोजेको पनि आम मतदाताको बुझाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्दा साक्षी बसेर संविधानको निर्मम हत्या गर्न खोजेको पनि सिलवालमाथि आरोप छ।

हाम्रो कुरा बाट सम्पादित

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button