राजनीति

ललितपुर एकमा ठुला दलको चेपुवामा स्वतन्त्र उम्मेद्वार

ललितपुर –प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य निर्वाचन आउन करिब २० दिन बाकी छ।कार्यकर्ता हरु आफ्नो उम्मेदवार जिताउन लागिपरेको देखिन्छ भने उम्मेदवार हरु नजिता आफ्नो पक्षमा पार्न हरदम प्रयत्न देखिन्छ।

बिगतका निर्वाचन हरु भन्दा यो पटकको निर्वाचन अलि फरक देखिएको छ।गत बैशाखमा समपन्न स्थानिय निर्वाचनमा संघिय राजधानी काठमाडौको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह धरान उपमहानगरपालिका हर्क साम्पाङ राई भारी मतले बिजयी भए पश्चात् युवा हरु स्वतन्त्र उम्मेदवार हरु प्रती आकर्षित भएको देखिन्छ।राष्ट्रिय स्वतन्त्र पार्टिका संयोजक तथा पुर्व सञ्चारकर्मी रबि लामिछानेले पार्टी गठन गरि छोटो समयमै देसै भरी स्वतन्त्र उम्मेदवार खडा गर्न सफल भएका छन भने उता बालेन शाहा र हर्क साम्पानङ ले जितेका लौरो चुनाव चिन्ह लिएर देशको अधिकंस क्षेत्रमा युवा हरुले लौरो अभियान अन्तर्गत उम्मेदवार खडा गरिरहेका छन। पछिल्लो समयमा सामाजिक संजाल तथा मिडिया हरुमा युवा हरुले “नो नट अगेन” भनेर क्याम्प नै चलाईरहेका छन।निर्वाचन आयोगले उम्मेदवार हरु प्रती भ्रामक संदेश प्रवाह नगर्न भनी प्रेस बिग्पति जारी गरेपछी झन आक्रमक ररिका बाट अभियान चलाइ रहेका छन।

ललितपुर एकमा भने स्वतन्त्रको आंशिक प्रभाव पर्ने देखिन्छ।मुलधारमा रहेका दल नेकपा एमाले बाट नवराज सिलवाल र बाम लोकतान्त्रिक गठबन्धन बाट नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व अर्थ राज्यमन्त्री उदय शमसेर राणा बिच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।दोश्रो कार्यकालको लागि सिलवाल रहेका छन भने यहि क्षेत्र बाट निर्वाचित भएर राज्यमन्त्री बनिसकेको उदय राणा बिचको चेपुवामा स्वतन्त्र उम्मेदवार सचिन घिमिरे रहेका छन।दुई ठुला दलका उम्मेदवार लाई पछि पार्दै नतिजा आफ्नो पक्षमा ल्याउन स्वतन्त्र उम्मेदवार डा सचिन घिमिरे मैदानमा उत्रिएका छन।रबि लामिछाने समर्थक राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर उठेका डा सचिन घिमिरे पेसाले मानवसास्त्री चिकित्सक हुन। गोदावरी नगरपालिका १३ झरुवारासिका घिमिरे यो पटक दक्षिण ललितपुरका मतदाताले स्वतन्त्र लाई मत दिनेमा ढुक्क छन।तामझामसहितको बाहिरी प्रचारमा नदेखिए पनि घिमिरे दक्षिण भेगको अधिकांस चिया पसल लाई आफ्नो चुनावी प्रचारको गन्तब्य बनाएका छन।ललितपुर क्षेत्र एक लाई दोश्रो कर्णालि भन्ने गरिन्छ।यहाँको मतदाता लाई बजारिया हल्लाले खासै प्रभाव पार्ने देखिदैन।यहाँका अधिकांस मतदाता कृषि पेशामा आबद्द छन भने थोरै मतदाता निजामती सेवा वा अन्य संस्थामा कार्यरत छन।एस भेगको मतदाताहरुले सिमित दल हरुलाइ मतदान गर्दै आइरहेका हुनाने स्वतन्त्र उम्मेदवार हरु प्रती त्यति आकर्षित भएको पाइदैन।तर बजारिया हल्ला साथै सामाजिक संजाल र मिडियाको प्रभाव पर्ने सहरी क्षेत्रमा भने स्वतन्त्रको प्रभाव केही हदसम्म पर्ने देखिन्छ। पछिल्लो समयमा स्वतन्त्र उम्मेदवार हरुले आफ्नो चुनाबी प्रचार सामाजिक संजाल र मिडियाको माध्यम बाट गरिरहेको देखिन्छ।भौगोलिक बिकटताले ईन्टरनेट को पहुच पुग्न नसकेको एस क्षेत्रमा सामाजिक संजाल वा मिडिया बाट मतदाताहरुलाइ आफ्नो पक्षमा पार्छु भन्नू स्वतन्त्र उम्मेदवारको लागी फलामको चिउरा चपाउनु जस्तै हो। सहरी क्षेत्रमा भने स्वतन्त्र उम्मेदवार हरुले प्रभाब जमाउन सक्ने प्रस्ट देखिन्छ।सामाजिक संजाल प्रयोगकर्ता अधिक रहेको क्षत्रमा बजारिया हल्लाकै भरमा पनि मतदाता हरुको मानसिकता परिवर्तन हुन समय लाग्दैन।

कांग्रेस बृतमा राम्रो प्रभाव जमाउन सफल युवा नेता उदय राणा ललितपुर एकको लागी नयाँ नाम होइन।बालक देखि बृद्द सम्म परिचित राणालाई बिकास प्रेमी नेताको रुपमा लिने गरिन्छ।०७० को निर्वाचनमा यहि क्षेत्रबाट निर्वाचित भइ अर्थराज्यामन्त्री भएका बेला दक्षिण ललितपुरले केही हदसम्म मुहार फेर्न सकेको छ। बिनासकारी भुकम्पको बेला होस या कोरोनाको सास्थी,हरेक घर घर पुगेर स्थानिय जनताको दुखको सारथि भनेका राणा यो पट्क भारी मतान्तरले बिजयी हुनेमा स्थानीय कार्यकर्ता ढुक्क छन।उता नेकपा एमालेको तर्फबाट नवराज सिलवाल रहेका छन।सिलवाल पुर्व डिआइजी हुन।नेपाल प्रहरिको जागिर छोडेर राजनितीमा होमिएका सिलवाल ०७४ को निर्वाचनमा यहि क्षेत्रबाट सांसद बने,सिलवालको यो दोश्रो कार्यकालको लागी उम्मेदवारी रहेको छ।सिलवालले बितेको पाँच बर्षमा देखिने खालको कुनै ठुला योजना बिकास हरु ल्याउन नसकेको जन गुनासो रहदै आएको छ।

पुराना दल बाट रुष्ट बनेका मतदाता हरु बैकल्पिक शक्तिको खोजीमा रहेका छन भन्ने कुरा पछिल्ला घटना क्रमबाट प्रस्ट देखिन्छ।बैकल्पिक शक्तिको रुपमा उदाएका राप्रपा बाट संदिप आचार्य त्यसैगरी प्रदेश ख तर्फ लौरो बाट असोक केसिले दलहरुको सिन्डिकेट तोड्न सक्छन सक्दैन त्यो मंसिर चार पछिको नजिताले देखाउने छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button