राजनीति

बागमती गाउँपालिकामा एमाले उपसचिव सहित एक दर्जन युवा गठबन्धनमा प्रवेश

ललितपुर- बाग्मती गाउँपालिका ललितपुरमा एक दर्जनभन्दा बढी युवा एमाले परित्याग गरी लोकतान्त्रिक वाम गठबन्धनमा प्रवेश गरेका छन्।

बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोल एमालेका गाउँ कार्य समितिका उपसचिव सुमन सन्जेल, युथफोर्स क्षेत्रीय सदस्य सरोज तामाङ सहित एक दर्जन युवा लोकतान्त्रिक बाम गठबन्धन प्रवेश गरेको नेपाली काँग्रेस का क्षेत्रीय कोषाध्यक्ष दिपक घिमिरेले बताए।

प्रवेश गरेका सञ्जेलले यस क्षेत्रमा एमालेले झुटा आश्वासन दिने मात्र काम गरेको र बाम लोकतान्त्रिक गठबन्धनले मात्र दक्षिण ललितपुरको मुहार फेर्न सक्ने भएकाले आफूहरु गठबन्धनका उम्मेदवारहरूलाई जिताउन एमाले परित्याग गरेको प्रतिक्रिया दिए।
उनीहरुलाई ललितपुर क्षेत्र नं १ प्रदेससभा (ख)लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका युवा नेता मीन कृष्ण महर्जन, माओवादी केन्द्रका जिल्ला सम्वनय समिति सदस्य राम आचार्य लगायतले टिका र माला लगाएर गठबन्धनमा सामेल गराएका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button